मुलुक

मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

  बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले... पुरा पढ्नुहोस

जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए

  म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड... पुरा पढ्नुहोस

नदीमा दुई जनाको शब फेला

बेनी, ५ पुस : म्याग्दीमा नदीमा दुई जनाको शब फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ बर्षिय मनकुमारी पुन म्याग्दी खोलामा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

विपन्न परिवारकी छात्रा बिमलाको अध्ययनमा मल्कबाङ समाज युकेको साथ

म्याग्दी ५ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङकी विपन्न परिवारकी छात्रा बिमला नेपालीको पठनपाठनमा मल्कबाङ समाज युकेले सघाएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकी छात्रा नेपाली कक्षा ११ मा अध्ययनरत छिन् । म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत १७ बर्षिया नेपालीको क्याम्पसतर्फ लाग्ने सम्पूर्ण खर्च मल्कबाङ... पुरा पढ्नुहोस

जलजला गाउँपालिकामा भवन निर्माण सुरु

  पवर्त, ५ पुस । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद... पुरा पढ्नुहोस

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

पुस ४ गते । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)

https://www.youtube.com/watch?v=MY8cXCOj6yM   बेनी, ३ पुस:  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस

मूलुकमा कुनै राजनीतिक संकट छैन: महामन्त्री शर्मा

  म्याग्दी, १ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आईतबार बेनीमा सम्वोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भएपनि संकट नभएको उद्घोष गर्नुभयो । उहाँले मुलकुमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । ‘देशको आर्थिक सूचक हेर्दा श्रीलंका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ

  म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस