मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन
- २७ माघ २०८१, आईतवार
- 159 पटक पढिएको
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ कार्यसमिति चयन संगै विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भउको हो । नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मगंला गाउँपालिका वडा नं. ४ का देवीदत्त कँडेल, प्रथम उपाध्यक्षमा मालिका गाउँपालीका वडा नं. ५ रुन्माका पदम पुन, उपाध्यक्षमा रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्लेका रुकुम श्रीपाली, महासचिवमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारका कृष्ण खड्का (शिव), सचिवद्वय रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्लेका नरेन्द्र कुमार दर्जी र अन्नपूर्ण गाउँपालिका वडा नं. ३ दानाका प्रेमबहादुर गर्बुजा, कोषाध्यक्षमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारका नवराज रिजाल र सहकोषाध्यक्षमा बेनी नगरपालिका वडा नं. ७ संगमचोककी मोना नेपाली चयन हुनुभएको छ ।
समितिको महिला संयोजकमा मंगला गाउँपालिका वडा नं. ४ सुनधाराकी टिकामाया रोका, महिला उपसंयोजकमा मालिका गाउँपालिका वडा नं. २ चिउरी बोटकी पार्वती पुन रहनुभएको छ । मगंला गाउँपालिका संयोजकमा मंगला गाउँपालिका वडा नं. ५ पाँखुका रामबहादुर बानिया, रघुगंगा गाउँपालिका संयोजकमा रघुगंगा गाउँपालिका वडा नं. ३ मौवाफाटका विष्णु खत्री, अन्नपूर्ण गाउँपालिका संयोजकमा अन्नपूर्ण गाउँपालिका वडा नं. २ भुरुङ तातोपानीका याम बिक, मालिका गाउँपालिका संयोजकमा मालिका गाउँपालिका वडा नं. ३ किटेनीकी यामुना पटेल, बेनी नगरपालिका संयोजकमा बेनी नगरपालिका वडा नं. ९ तोरीपानी निवासी पल सुन्दास, वरिष्ठ सदस्य तथा सांस्कृतिक संयोजकमा बेनी नगरपालिका वडा नं. ५ चिप्लेटीका राजन खत्री सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै समितिको वरिष्ठ सदस्यहरूमा क्रमशः मालिका गाउँपालिका वडा नं. ३ डाँडागाउँका कोपिला पटेल, सिर्जना घताने र कल्पना घताने, सोही गाउँपालिका वडा नं. १ रिठेचौरकी सपना पुन, अन्नपूर्ण गाउँपालिका वडा नं. ४ गाडपारका भूपेन्द्र पुर्जा, अन्नपूर्ण गाउँपालिका वडा नं. १ दोबाका दिल घताने, मगंला गाउँपालिका वडा नं. ४ का गंगाधर कँडेल रहनुभएको छ । त्यस्तै कार्यकारिणी सदस्यहरूमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घाराका बिलबहादुर दर्जी, सोही गाउँपालिका वडा नं. २ भुरुङ तातोपानीका देवी विक, तारा बिक, बेनी नगरपालिका वडा नं. १० पात्लेखेतका भरतबहादुर दर्जी, रघुगंगा गाउँपालिका वडा नं. ३ रानी पौवाका प्रेम बिक, सोही गाउँपालिका वडा नं. ६ कोटगाँउका लालप्रसाद पुन र वडा नं. ३ मौवाफाटका भगवान् भण्डारी चयन हुनुभएको छ । सर्वसम्मत चयन भएको समितिलाई निर्वाचन समितिका संयोजक विक्रम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । मोना कतारका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले उद्घाटन गर्नुभएको थियो ।
साधारण सभामार्फत भलिबल खेलाडी, सामाजिक व्यक्तित्वहरू, सिंगो कार्यसमिति, संस्थाका संरक्षक, सल्लाहकारहरू, विशिष्ट अतिथिसहित प्रमुख अतिथिलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । साधारण सभामा पञ्चेबाजा समूहको बाजामा हलमा उपस्थित सबै नाचेका थिए । कतारमा रहेका कलाकारहरू यामुना पटेल, सुधा परियार, बाबु कौसल, रेष्मी सेन्चुरी र अनिता परियारले सांगीतिक प्रस्तुति दिएका थिए । सांगीतिक प्रस्तुति दिने कलाकार र पञ्चेबाजा समूह नगदसहित सम्मान पत्रले सम्मानित भएका छन् । कार्यक्रममा नौमति पञ्चेबाजा, थाली नाच सहित विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।