मुलुक

भकिम्लीमा ट्याक्टर दुर्घटना : पाँच जना घाइते

म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ग १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका पाँच जना मध्ये एक जनालाई थप उपचारको लागि पोखरा रिफर... पुरा पढ्नुहोस

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि... पुरा पढ्नुहोस

 मतदानबाट चुनिए ज्ञानोदयमा क्याप्टेन र भाइस क्याप्टेन

म्याग्दी, २८ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो । शुक्रवार विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले... पुरा पढ्नुहोस

पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु

पर्वत, वैशाख । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका... पुरा पढ्नुहोस

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको... पुरा पढ्नुहोस

घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन सहयोग हस्तान्तरण

म्याग्दी, २७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ राम्चेडाँडामा रहेको घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन एक परिवारले आर्थिक सहयोग गरेका छन् । कुलथान परिसरमा ढलान, दियो तथा घण्टी राख्ने पूर्वाधार बनाउन बगरफाँटका दिवंगत पूर्णबहादुर घिमिरेको परिवारले रु ६३ हजार १६५ आर्थिक सहयोग गरेका हुन् । https://youtu.be/0_OfNHOPipw   दिवंगत घिमिरेका धर्मपत्नी... पुरा पढ्नुहोस

दरवाङको उपल्लो बजारको सडक कालोपत्र

म्याग्दी, २७ वैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि... पुरा पढ्नुहोस

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

म्याग्दी, २४ वैशाख । म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरेको शाखा भ्रमण को क्रममा म्याग्दी जेसीजद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, क्षेत्र खका निरुपित राष्ट्रिय उपाध्यक्ष... पुरा पढ्नुहोस

गण्डकीमा सभामुखको निर्णायक मत दिएर मुख्यमन्त्रीलाई विश्वासको मत

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले निर्णायक मत दिएर मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गर्नुभएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको... पुरा पढ्नुहोस