दिवंगत बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

  • ५ मंसिर २०८१, बुधबार
  • 433 पटक पढिएको

म्याग्दी, मंसिर ५ । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार
श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित विभिन्न सामाजिक संघसंस्थामा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।

तत्कालिन समयमा पर्यटन ब्यवसाय हुदै राजनीतिमा होमिएकी दिवंगत गौचनले निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए । ‘समाजका हरेक क्षेत्रमा उहाँको योगदान छ, पार्टीसँगै समाजमा उहाँको अभाव सधै खड्किने छ’ सभापति गर्बुजाले भने । उनले घरायसी काममै सिमित हुने महिलाले अवसर पाए कुनैपनि काम गर्न सक्छन् भन्ने उदाहरण समेत स्वर्गीय गौचन भएको बताए । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेतृ चम्पादेबी खड्का सहित गण्डकी प्रदेशका नेताहरूको उपस्थिती रहेको थियो ।

दिवंगत गौचनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपा एमालेका प्रदेशसभाका मन्त्री सहित सांसद सहितको टोलीको समेत उपस्थिति रहेको थियो। नेपाल महिला संघ म्याग्दीकी निर्वतमान सभापति, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस गण्डकी कार्यसमिति सदस्य समेत रहनुभएकी स्वर्गीय गौचनको शनिबार नेपाल प्रहरीको शोक सलामी सहित अन्तिम विदाइ गरिएपछि समाजघरमा श्रद्धाञ्जलीका लागि देशभरबाट उल्लेख्य उपस्थिति छ ।