मुलुक
बेनी–जोमसोम सडक बाह्र दिनपछि खुल्यो
- 9 महिना, 5 दिन अगाडि
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको... पुरा पढ्नुहोस
गाउँलेले गराएको सूचनाले कागवेनीमा ठूलो मानविय क्षति टर्यो
- 9 महिना, 5 दिन अगाडि
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीको पूर्व सूचनाले ठूलो मानविय क्षतिको संकट टारेको छ । आइतवार साँझ आएको भिषण बाढीले बस्तीलाई नै बगरमा परिणत गर्दा कुनै मानविय क्षति हुन पाएन । मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानि मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना कागबेनीदेखि माथिका... पुरा पढ्नुहोस
सुन्तलाका बोटहरुले भरिएको मरेक गाउँ (फोटोफिचर)
- 9 महिना, 5 दिन अगाडि
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको बेनी नगरपालिका वडानम्वर ३ को मरेक गाउँ । सानो गाउँ मरेक, पछिल्लो समय सुन्तलाले भरिएको छ। यस गाउँलाई उत्पादनको हिसाबले सुन्तला गाउँको रुपमा परिचित छ । वडानम्वर ३ भकिम्लीको राखु, मरेक र बालम गाउँ सुन्तलाको पकेट क्षेत्रमा चिनिएको छन्। परम्परागत... पुरा पढ्नुहोस
घाईते जीप चालकको उपचारमा सघाउन सांसद भण्डारीको माग
- 9 महिना, 5 दिन अगाडि
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले पहिरोबाट खसेको ढुङ्गा लागेर घाईते भएका जीप चालकको उपचारमा सघाउन सरकारसंग माग गर्नुभएको छ । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरीस्थित अधेरीखोलाको पहिरोबाट खसेकोे ढुङ्गाले गुडीरहेको बोलेरो जीप मािथ लाग्दा घाईते हुनुभएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० बर्षिय लुकजन शेरपुञ्जाको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक : अँधेरीखोलाकोे पहिरो रोकथाम गरिँदै
- 9 महिना, 6 दिन अगाडि
- ३० श्रावण २०८०, मंगलवार
म्याग्दी,३० साउन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरीस्थित अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनीमा बाढीको बितण्डा (तस्बिरमा )
- 9 महिना, 7 दिन अगाडि
- २९ श्रावण २०८०, सोमबार
अमृत सुवेदी मुस्ताङ२९ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीले प्रहरी चौकी भवन सहित ३६ बढी घर बगाएको छ । आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएको थियो । प्रहरीका अनुसार, अहिलेसम्म ३६ घरमा क्षती पुगेकाे तथ्यांक संकलन... पुरा पढ्नुहोस
बाढीले मुस्ताङको कागबेनीमा दुई दर्जन घरसहित भौतिक संरचनाको क्षति
- 9 महिना, 7 दिन अगाडि
- २९ श्रावण २०८०, सोमबार
जोमसोम, २९ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आईतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ । कागबेनी गाउँ माथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पूर्याएको बताईएको छ । गएराती वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ,पुडाक लगायतका शाखा नदी उर्लिएर नदी थुनिएपछि कागबेनी गाउँ बाढीको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकखण्ड पाँच दिनसम्म पूर्णरुपमा बन्द
- 9 महिना, 9 दिन अगाडि
- २७ श्रावण २०८०, शनिबार
म्याग्दी, २७ साउन । उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड पाँचदिनसम्म पूर्णरुपमा बन्द गरिने छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।... पुरा पढ्नुहोस
ज्ञानोदय माविद्धारा भारतीय भूपू सैनिक सम्मान
- 9 महिना, 10 दिन अगाडि
- २६ श्रावण २०८०, शुक्रबार
म्याग्दी, २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले समाजमा महत्वपूर्ण योगदान पु¥याएका भारतीय भूपू सैनिकहरुलाई सम्मान गरिएको छ । विद्यालयले शुक्रवार आयोजना गरेको सेवानिवृत्त भारतीय सैनिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रअ बिजय शर्मा लगायत विद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस
ब्यवस्थित बन्दै कालीपुल बसपार्क
- 9 महिना, 11 दिन अगाडि
- २५ श्रावण २०८०, बिहीबार
म्याग्दी, २५ साउन । सदरमुकाम बेनी स्थित कालीपुल बसपार्क पछिल्लो समय सरसफाई र भौतिक पूर्वाधारले ब्यवस्थित र चिटिक्क बन्दै गएको छ । अब्यवस्थित संरचना हटाएर आवश्यक संरचना निर्माणसंगै सरसफाई गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र ब्यवस्थित बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट सवारीसाधन आवातजावात गर्र्ने कालीपुल बसपार्क... पुरा पढ्नुहोस