मूलुकमा कुनै राजनीतिक संकट छैन: महामन्त्री शर्मा

  • १ पुष २०८०, आईतवार
  • धिरन खत्री
  • 187 पटक पढिएको

 

म्याग्दी, १ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आईतबार बेनीमा सम्वोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भएपनि संकट नभएको उद्घोष गर्नुभयो ।

उहाँले मुलकुमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । ‘देशको आर्थिक सूचक हेर्दा श्रीलंका हुने संकेत देखिएको छैन, सबैले मिलेर देशको आर्थिक सुधार गर्ने किसिमले विकासका योजना बनाएर अघि बढ्नुपर्छ,’– उहाँले भन्नुभयो । शर्माले देशको करिव ९ खर्ब आन्तरिक ऋण र ११ खर्ब भन्दा बढी बाह्य ऋण रहेको उल्लेख गर्दै यसलाई घटाउनतर्फ हामी जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विपक्षीले बाह्य रुपमा प्रचारप्रसार गरेजस्तो देशमा आर्थिक संकट नभएको बताउँदै दुईमहिनादेखि आर्थिक सूचकमा सुधार हुँदै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उन्ले देशमा एकपटक राष्ट्रपति, दुईपटक भन्दा बढी पटक प्रधानमन्त्री, तीनपटक भन्दा बढी मन्त्री र चारपटक भन्दा बढी पटक सांसद हुने नपाउने नीति बनाउनका लागि कांग्रेस पार्टीमार्फत सुरु गर्नका लागि जिल्लास्तरबाट आवाज उठाउन आग्रह गर्नुभयो। ‘संघियताले गर्दा जनतालाई सहज रुपमा सेवासुविधा प्राप्त गर्न सहज भएको छ । मुख्यमन्त्रीले भनेको प्रमुख जिल्ला अधिकारीले मान्ने कानुन बनाउन हामी लाग्नुपर्छ ।’

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l