जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)

  • ३ पुष २०८०, मंगलवार
  • 209 पटक पढिएको

 

बेनी, ३ पुस:  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद रु १० हजारको साथमा प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी र बिमला गौचनले पुरस्कार वितरण गर्नुभएको थियो ।