म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

 

बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष अणबहादुुर खड्का, सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, कोरला पोष्ट डटकमका संचालक, म्याग्दी अनलाईन, कारोबार दैनिक, रेडियो नेपाल र एभिन्युज टेलिभिजनमा आवद्ध हुुुनुुहुुन्छ ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।

रु. दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ ।कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले गण्डकी प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि सरकारलाई दवाव दिने बताउनुुभयो । उहाँले स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुुभयो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का (भगवान)ले स्थानीय स्रोत साधनको पहिचान र त्यसलाई प्रर्वद्धनका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्काले मिडिया उद्योग धरासायी हुुदै जाँदा पत्रकार पलायन हुुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुुभयो । साधारणसभाले सचिव अमित बिश्वकर्माको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुुभएको थियो ।