नदीमा दुई जनाको शब फेला

  • ५ पुष २०८०, बिहीबार
  • 157 पटक पढिएको

बेनी, ५ पुस : म्याग्दीमा नदीमा दुई जनाको शब फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ बर्षिय मनकुमारी पुन म्याग्दी खोलामा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्पर्कविहिन भएपछि घरपरिवार, स्थानीयबासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि म्याग्दी नदीमा खोजीकार्य गर्दा शब फेला परेको थियो ।

बुधवार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ घर भई वडा नम्बर २ भुरुङतातोपानीमा बसोबास गर्नै ३१ बर्षका सुजन घर्ति समेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला परेका छन् । पुस २ गते भुरुङतातोपानीबाट पोखरेबगर तर्फ बाईकमा जाँदै गरेको घर्ति मोटरसाईकल सहित कालीगण्डकी नदीमा खसेका थिए ।

आफ्नो भाईलाई लिन पोखरेबगरतर्फ गएपनि सम्पर्कमा नआएपछि शशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोर सहितको टोली, नेपाल प्रहरी घरपरिवार, आफन्तले कालीगण्डकी नदि किनारमा खोजी गर्न थालेका थिए ।

शशस्त्रको खोताखोर टोल र नेपाल प्रहरीको संयुक्त टोलीले नौनिबगर स्थित कालीगण्डकी नदीको खोचमा घर्तिको शब फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिनुभयो ।