मुलुक

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, थप २ जना डिस्चार्ज

काठमाडौं, १० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या आज पनि थपिएको छ । आज थपिएका ३ जनासंगै नेपालमा कोरोना संक्रमित हुनेको सख्ंया ४५ पुगेको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको... पुरा पढ्नुहोस

नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ  १ बैशाख। नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेसंगै संक्रमितको संख्या १४ पुगेको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला... पुरा पढ्नुहोस

धवलागिरिमा राहत वितरण सुरु, बेजिल्लाबाट आएकालाई क्वारेनटाइनमा (फाेटाे फिचर)

म्याग्दी २२ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गरेको छ । वडा स्तरबाट गरिब विपन्न र मजदुर घरपरिवारको लगत संकलन गरि लकडाउन अवधिलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग... पुरा पढ्नुहोस

कोरोना रोकथाम कोषमा मंगला गाउँपालिका उपाध्यक्ष केसीको परिवारबाट रु ५० हजार सहयोग

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन कोषमा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको घरपरिवारले रु ५० हजार सहयोग गर्नुभएको छ । पारिवारीक भेटघाटको क्रममा अष्टे«लियामा रहनुभएकी केसीले गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि स्थापना... पुरा पढ्नुहोस

म्याग्दीमा लकडाउनलाई कडाई गरिँदै, अवज्ञा गर्नेहरुलाइ नियन्त्रणमा ल्याउन थालियो

म्याग्दी १८ चैत ।  विश्वाव्यापी महामारीको रुपमा फैल्एिको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषण गरेको लकडाउनलाई म्याग्दीमा कडाई गर्न थालिएको छ । ग्रामीण भेगमा लकडाउनलाई बेवास्ता गर्दै मासिनहरु जम्मा हुने, सवारी साधन चलाउने जस्ता गतिविधि बढेपछि प्रहरीको सक्रियता बढेको हो । मंगलवार प्रहरीले मंगला गाउँपालिका –३ झाँक्रेपानी–अर्मन सकडमा सवारी... पुरा पढ्नुहोस

इटालीमा काेराेना कहर : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो !

कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ । त्यसो त इटाली नै... पुरा पढ्नुहोस

बेल्जियमबाट फर्किएकी बागलुङकी युवतीलाई कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमीतको संख्या ५ पुग्यो

बागलुङ १५ चैत । बागलुङ जिल्लाकी एक किशोरीमा विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । दुई महिना बेल्जियम बसेर फर्किएकी बागलुङ नगरपालिका ४ की १७ वर्षीया युवतीमा शनिवार संक्रमण पुष्टि भएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । संक्रमण भएकी युवतिको... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना (फोटो फिचर)

कमल खत्री बेनी, १४ चैत । म्याग्दीको बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचारका लागि अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको हो । तत्कालको लागि पूर्वतयारी स्वरुप ६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस

कोरोना आशंका गरिएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

बागलुङ १३ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो । लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर... पुरा पढ्नुहोस

भोलिदेखि नेपाल लकडाउनः घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाण्डौ, १० चैत । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।... पुरा पढ्नुहोस