ताजा अपडेट
भिरबाट लडेर मृत्यु
- 6 बर्ष, 3 महिना अगाडि
- ५ कार्तिक २०७५, सोमबार
म्याग्दी ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ६ कोटगाउँमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शनिवबार कोटगाउँ नजिकैको ढाडेगौडाको भिरबाट लडेर अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीय सुष्मा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरबाट श्रीमान् र छोरी सहित कोटगाउँ स्थित माइतीघर जादै... पुरा पढ्नुहोस
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
म्याग्दी ३० असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी मंगलबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र... पुरा पढ्नुहोस
मालिकाको वडामा मेलमिलाप केन्द्र
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज । म्याग्दीको मालिका गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । गाउँपालिका स्तरीय न्यायिक समितिको सेवालाई प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरिएको हो । मेलमिलाप कर्ताहरुलाई तालिम प्रदान गरेर सूचीकृतको प्रक्रिया अघि बढाएको न्यायिक समितिका संयोजक समेत रहनुभएकी... पुरा पढ्नुहोस
जलजलाले सफ्टवेयर बनायो
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज । जलजला गाउँपालिकाले सम्पती तथा भुमिकर संकलनका लागि आफ्नो छुट्टै सफ्टवयरको विकास गरेको छ । गाउँपालिकाबासिको नाममा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहरा लगायतको विवरण कम्प्युटरको माध्यमबाट व्यवस्थित र सुरक्षीत अभिलेख राख्नका लागि स्फ्टवयर विकास गरेको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत मिलन मल्लले बताए ।... पुरा पढ्नुहोस
रघुगंगाको भवनमा ढिलासुस्ती
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित आठ वर्षअघि सुरु भएको रघुगंगा जलविद्युत आयोजनाको भवन अझै सकिएको छैन् ।निर्माण ब्यवसायिको लापरबाहि र सम्बन्धित निकायको प्रभावकारी पहलको अभावमा रघुगंगाका निर्माणाधिन भवनहरु पूर्वाधार आयोजनामा हुने ढिलासुस्तीको नमुना बनेका छन् । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको... पुरा पढ्नुहोस
रघुगंगा आमा समूहको साधारणसभा
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज । रघुगंगा गाउँपालिका ३ राहुघाटमा रहेको रघुगंगा आमा समूहको प्रथम साधारणसभा सोमबार सम्पन्न भएको छ ।समूहकी अध्यक्ष फमाया तिलीजाको अध्यक्षता, बिमला शर्माको सञ्चालन र मनीता पुर्जाको स्वागत मन्तब्य तथा टोल सुधार समितिका अध्यक्ष तमबहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा स्थानीय अगुवा लक्ष्मण चालीसे र कल्वका अध्यक्ष कुमार... पुरा पढ्नुहोस
डिलफाँट–मल्लाज पदमार्गको उद्घाटन
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
मल्लाज ३० असोज । जलजला गाउँपालिका ३ मल्लाजको डिलफाँट देखि कोतघर जोड्ने पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरि कुल नौ लाख नौ हजार ७५१ रुपैयाँको लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण भएको हो । ढलान गरिएको पदमार्ग एक मिटर ६० सेन्टिमिटर... पुरा पढ्नुहोस
म्याग्दीको प्रचारका लागि भिडियोसहितको गित
- 6 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
बेनी ३० असोज। म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतीलाई समेटेर गित र म्युजीक भिडीयो बनाइएको छ । लोक दोहोरी गित म्याग्दीको बयानको म्युजीक भिडीयो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालीका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजीक... पुरा पढ्नुहोस
सहज शिक्षा कोषमा दुई लाख
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
बेनी २९ असोज । बेनी नगरपालिका–६ले स्थापना गरेको सहज शिक्षा कोषमा करिब दुई महिनाको अवधिमा दुई लाख रुपैया जुटेको छ । गरिब, विपन्न, पारिवारीक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले गत भदौ १० गते कोष स्थापना भएको थियो । सरकारले निर्वाह खर्च वापत वडाका जनप्रतिनिधिहरुलाई... पुरा पढ्नुहोस
दशैको अवसरमा मल्लाजमा खेलकुद प्रतियोगिता
- 6 बर्ष, 3 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
मल्लाज २९ असोज । जलजला गाउँपालिका ३ मा रहेको ऐतिहाँसिक भगवती कोत मन्दिर परिसरमा दशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।वडा कार्यालयले खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पुरुष, महिला भलिबल, बास्केटबल, छेलो र खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । चार समूह सहभागि महिला... पुरा पढ्नुहोस