ताजा अपडेट
वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग
- 7 बर्ष अगाडि
- २२ माघ २०७५, मंगलवार
समिर रोका बगुवाखोला, २२ माघ । बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षालाई मंगलबार खेलकुदका सामग्री सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले वौद्धिक अपाङ्ग विद्यार्थीहरुका लागि चार थान... पुरा पढ्नुहोस
निशूल्क शैक्षिक सामग्रीको व्यवस्था
- 7 बर्ष अगाडि
- २२ माघ २०७५, मंगलवार
बेनी २२ माघ । बेनी नगरपालिका १० पात्लेखेतको अनदेमा रहेको बराह आधारभूत विद्यालयलका विद्यार्थीहरुलाई एक व्यक्तिले निशूल्क शैक्षिक सामग्रीको व्यवस्था मिलाएका छन् । वाखेत घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका भारतीय सेनाका सुवेदार प्रकाश पुनले विद्यालयका संस्थापक स्वर्गीय बुवा गम्मरबहादुर पुनको नाममा एक वर्षका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध... पुरा पढ्नुहोस
सार्वजनिक जग्गाको खोजि गर्दै रघुगंगा गाउँपालिका
- 7 बर्ष अगाडि
- २२ माघ २०७५, मंगलवार
बेनी, २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सार्वजनिक जग्गाको खोजी गर्ने भएको छ । गाउँपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासा आएपछि गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको पहिचानको लागि गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा समिति गठन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत थापाको संयोजकत्वमा मालपोत अधिकृत,... पुरा पढ्नुहोस
चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो
- 7 बर्ष अगाडि
- २२ माघ २०७५, मंगलवार
सिजन रोका बाबियाचौर २२ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा ‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौ’: अध्यक्ष सुवेदी
- 7 बर्ष अगाडि
- २२ माघ २०७५, मंगलवार
वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर... पुरा पढ्नुहोस
सरकार विरुद्ध बेनीमा काँग्रेसको प्रदर्शन (फाेटाे फिचर)
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
म्याग्दी, २१ माघ । नेपाली कांग्रेस म्याग्दीले सदरमुकाम बेनीमा सरकारविरुद्ध प्रर्दशन गरेको छ । दुईतिहाईको बलमा सरकारले जनताको भावना विपरित अधिनायकवादी चरित्र देखाएको भन्दै केन्द्रिय कार्यक्रम अन्तरगत सदरमुकाम बेनीमा आयोजित सभामा पार्टीका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले लोकतान्त्रिक पद्धतीबाट सत्तामा पुगेको सरकारको चरित्र अधिनायकबादी भएको बताएका थिए । उनले वर्तमान सरकार... पुरा पढ्नुहोस
अपाङ्गता भएकालाई सहायता सामग्री वितरण
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
बेनी २१ माघ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र... पुरा पढ्नुहोस
मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
निरोज कार्की पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित हुनुभएको छ । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट निवर्तमान महासचिब रहनुभएका फगामीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन,उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला... पुरा पढ्नुहोस
बिममा निर्मित लिफ्ट खानेपानी आयोजनाको अनुगमन (फोटो फिचर)
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
सन्तोष गौतम बेनी २१ माघ । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण... पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)
- 7 बर्ष, 1 दिन अगाडि
- २१ माघ २०७५, सोमबार
https://www.youtube.com/watch?v=uSu3rebsHy8&feature=youtu.be म्याग्दी, २१ माघ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको... पुरा पढ्नुहोस