ताजा अपडेट

म्याग्दीमा दुई तिहाई बजेट फ्रिज हुने अवस्थामा

सन्तोष गौतम म्याग्दी ८ असार ।  आर्थिक वर्ष २०७५/०७६ का लागि म्याग्दीमा विनियोजित बजेटमध्ये दुई तिहाई बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी छैन। तर गण्डकी प्रदेश सरकारले विनियोजन गरेको विकास बजेटबाट एक तिहाई मात्रै खर्च भएको छ। यस्तै, संघीय सरकार अन्तर्गतका कार्यालयले ६२... पुरा पढ्नुहोस

अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

बेनी ८ असार ।  म्याग्दी स्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई वटा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण खोलामा थप दुई वटा झोलुङ्गे पुल निर्माणाधिन छन् । पदमार्ग अन्तरगत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओडारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । पर्यटन कार्यालयको... पुरा पढ्नुहोस

मालिका–६ वडामा ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन

कमल खत्री म्याग्दी, ७ असार । म्याग्दीको मालिका गाउँपालिका–६ नम्बर वडाले स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरि ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन गरेको छ । कृषि र उद्यमशिलताको पहिचान र प्रवद्र्धनमा जोड दिएर वडाभित्र रहेका टोल र बस्तीस्तरमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सन्तनाथ (सन्तोष) सुवेदीले जानकारी दिनुभयो । ... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत

म्याग्दी, ७ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । शनिवार आयोजित गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पुनले गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाको विकास र समृद्धिलाई केन्द्रित गरि नीति... पुरा पढ्नुहोस

नाप तौलका सामान परिक्षण र नविकरण शिविर

बेनी ७ असार । बेनीमा शनिबारदेखि नाप तौलका सामानको परिक्षण र नविकरण शिविर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरा स्थित कार्यालयले घुम्ति शिविर सञ्चालन गरेको हो । शिविरको पहिलो दिन २०१ जना व्यवसायीले सेवा लिएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले... पुरा पढ्नुहोस

होराइजनमा  मतदानबाट चुनिए क्याप्टेन

अनिल पौडेल असार ६ म्याग्दी । पर्वत बेनी स्थीत न्यू होराइजन आवासिय मा.वि लाइ नयाँ क्याप्टेनको नेत्तृत्व मिलेको छ । आज नयाँ क्याप्टेनलाई मतदान गरि निर्वाचित गरिएको हो ।स्कुलभित्र  हुने सम्पूर्ण क्रियाकलापलाइ व्यवस्थित बनाउनको लागी नयाँ नेत्तृत्व  निर्धारण गर्न लागिएको हो ।नेत्तृत्व निर्धारणका लागि आज  गरिएको मतदानमा कक्षा ९ कि छात्रा... पुरा पढ्नुहोस

भिम माविमा छात्रवृत्ति वितरण

  देविस्थान ७ असार । मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उनका छोराहरु निलप्रसाद, खगेन्द्र र फर्मेन्द्र गौचनले स्थापना गरिएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार १२ जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको हो... पुरा पढ्नुहोस

दरवाङमा योग भवन निर्माण

बेनी ६ असार । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा योग भवन निर्माण भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा निर्माण भएको भवनको अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्वस्थ्य समाज निर्माणका लागि योगको... पुरा पढ्नुहोस

विद्यालय सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम

  बेनी ६ असार । धवलागिरी गाउँपालिका–७ शिवाङमा विपद् जोखिम न्युनीकरण तथा विद्यालयमा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीद्धारा संचालित सामुदायिक विकास परियोजना अन्तरगत दुई दिन सम्म सञ्चालन भएको तालिममा २५ वटा विद्यालयका प्रअ... पुरा पढ्नुहोस

जनप्रतिनिधिको बिवादले नगरसभाको तयारी प्रभावित

  बेनी ६ असार । बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यहरुको बिवादले आसन्न नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहहरुले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था भएपनि बिवादका कारण नगरपालिकाले तयारी गर्न सकेका छैन् । दैनिकजसो विभिन्न... पुरा पढ्नुहोस