बेनीका प्रशान्तले ल्याए चार जिपिए

  • १२ असार २०७६, बिहीबार
  • 1874 पटक पढिएको

 

बेनी १२ असार । राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइईमा) बेनीका प्रशान्त सुवेदीले चार जिपिए ल्याएका छन् ।बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसइइमा सहभागी सुवेदीले चार जिपिए ल्याएका हुन् ।

सुवेदीका अभिभावक र विद्यालयले उनी एसइईमा देशभरबाट सम्भवत बढी जिपिए ल्याएको दावी गरेका छन् । १६ वर्षीय सुवेदीले अध्ययनमा आफूले गरेको मेहनतको प्रतिफलबाट उत्साहीत भएको प्रतिक्रिया दिदै खुसी व्यक्त गरे ।

काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा सहभागी भइरहेका प्रशान्तले भविश्यमा डाक्टर बन्ने योजना रहेको बताए । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए ।

उनका बुवा रामप्रसाद र आमा प्रभा बेनीमा फेन्सी व्यवसाय गर्छन् । छोराले इसइईमा ल्याएको नतिजाबाट हर्षित भएको उनिहरुले बताए ।