ताजा अपडेट
म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ६ असार । म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न माग गरेका छन् ।व्यवस्थापिका संसदको बजेट अधिवेशनको छलफलमा भाग हिदै सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात... पुरा पढ्नुहोस
मुदीका सुविनको स्मृतिमा अक्षयकोष
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
मुदी ६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीका स्वर्गीय सुविन पुनको स्मृतिमा चार लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । जेठ २३ गते मुना–मुदी सडक निर्माणको क्रममा खसेको पहिरोले पुरिएर ३१ वर्षीय पुनको मृत्यु भएको थियो । शुक्रबार मुदीमा आयोजित अक्षयकोष घोषणा कार्यक्रममा उपस्थितहरुबाट चार लाख... पुरा पढ्नुहोस
गौचनद्धारा बालिकाको शैक्षिक अभिभावकत्व ग्रहण
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ६ असार । बेनीकी एक व्यवसायीले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार एक बालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।बेनीको क्याम्पसचोकमा रहेको यती होटलकी सञ्चालक बिमला गौचनले बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीको कक्षा ६ मा अध्ययनरत रीतिका जिसीको अभिभावकत्व ग्रहण गर्नुभएको हो । जिसिका बुवा बाबुको २०७५... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय योग दिवस बेनीमा ( तस्विरमा हेर्नुहोस् )
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
म्याग्दी, ६ असार । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि म्याग्दीमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।अन्तराष्ट्रिय योग दिवस समारोह समिति म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्र म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रममा सामाजिक... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाकाे आर्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रम (पुर्णपाठ भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
आर्थिक वर्ष २०७६र०७७ का लागि गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाका अध्यक्षज्यू, उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, https://www.youtube.com/watch?v=6h1giUsUDMI&t=70s १.संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी स्थानीय... पुरा पढ्नुहोस
भरोसा गुमाउँदै बेनी अस्पताल ! सेवाग्राहीका गुनासै गुनासा
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी, ६ असार । केही समय अघि सम्म स्वास्थ्य सेवामा सुधार गरेर म्याग्देली जनताको मन जितेको बेनी अस्पताल यतिबेला भने विरासत गिराउँदै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी(साविकको जिल्ला अस्पताल) अस्पतालको सेवा प्रवाह खस्किएको छ भने अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा समेत सर्वशुलभ बन्न सकेको छैन् ।... पुरा पढ्नुहोस
म्याग्दीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ६ असार । म्याग्दीमा आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले ११ वटै जिल्लाका सबै स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालन गरेको हो । म्याग्दीको बेनी नगरपालिका, मंगला... पुरा पढ्नुहोस
तातोपानीमा तेक्वान्दो डोजाङ्ग
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
बेनी ५ असार । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा रेजिना खड्का र कोषाध्यक्षमा रिना बुढाथोकी... पुरा पढ्नुहोस
रघुगंगामा ३१ करोड बढीको बजेट प्रस्ताब
- wp_days_ago_v3(); ?>
- ५ असार २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि रु ३१ करोड बढीको बजेट प्रस्ताब गरेको छ । विहिवार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट अधिवेशनको लागि आयोजना गरेको गाउँ सभामा गाउँपालिकाले कुल ३१ करोड ४१ लाख ३१ हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ५ असार २०७६, बिहीबार
कमल खत्री म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । विहिवार आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । गाउँसभामा अध्यक्ष भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले... पुरा पढ्नुहोस