बरंजामा विद्यालय शिक्षा कार्यक्रम

  • १२ असार २०७६, बिहीबार
  • 1360 पटक पढिएको

 

म्याग्दी, १२ असार । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यामिक विद्यालयमा बिहीबार विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आपतकालित ५ अवस्थामा प्राथमिक उपचारको बिधीका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा १५० जना विद्यार्थीका साथै शिक्षक शिक्षिकाहरुलाई अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रमको डाक्टर लक्ष्मि पन्थिले आपतकालिन अवस्थामा ज्यान बचाउने बिधिको बारेमा जानकारी गराउनुभएको बरंजा स्वास्थ्य चौकीका बबरजंग पालले बताउनुभयो । विद्यालयका प्रअ कृष्णलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी र वडा अध्यक्ष कबिन्द्र रोकाको उपस्थिती रहेको थियो ।