ताजा अपडेट

युवा सञ्जाल म्याग्दीको प्रेरणादायी काम

बेनी, ६ साउन । बेनी नगरपालिकामा भएको एऊटा बालविवाह विरुद्घ युवा सञ्जाल म्याग्दीले गरेको उजुरीपछि उक्त विवाहित जोडीलाई नगरपालिकाको न्यायीक समितिबाट उचित परामर्श आएको छ। गत असार २६ गतेको दिन म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा २३ वर्षीय केटा र १६ वर्षीय बालिका बिच बिवाह भएको थियो । कुनै माध्यमबाट जानकारी प्राप्त... पुरा पढ्नुहोस

पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (भिडियो सहित)

म्याग्दी ६ साउन । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सोमबार विहानैदेखि सिधा सवारी अबरुद्ध बनेको हो । यो भिरमा सुख्खा पहिरो खस्दा शनिबार दिनभर पनि सडक अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकको आधार नै... पुरा पढ्नुहोस

३७ औं विपी स्मृति दिवस बेनीमा मनाइयो

म्याग्दी,६ साउन । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस बेनीमा मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीले सोमबार पाटी कार्यालयमा बिपिको जिवनी, बिचार सम्झिएका छन् । म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपीलाई नेपालको... पुरा पढ्नुहोस

बजारमा म्याद नाघेका सामग्री भेटिए

बेनी ६ साउन । बजार अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री भेटिएका छन् । बेनीको मंगलाघाट क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो । जिल्ला बजार अनुगमन समितिका संयोजक लीलाधर अधिकारीको नेतृत्वमा मंगलाघाटमा आठ वटा खाद्यान्न पसलमा अनुगमन गरिएको थियो । म्याद नाघेका चाउचाउ, भुजिया, कुरकुरे लगायतका खाद्यान्न भेटिएका... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले– भगवती–बेग र बाबियाचौर–दरवाङ सडक कालोपत्रे हुने

  बेनी ६ साउन । गण्डकी प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” कार्यक्रम अन्तरगत म्याग्दीका दुई वटा सडक कालोपत्रे हुने भएका छन् । गलेश्वर–पिप्ले–भगवती–बेग र बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकको बाबियाचौर लाम्पाटा देखि दरवाङ बजारसम्मको स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको छ । संयुक्त सर्वेक्षण गरिसकेका निर्माण कम्पनीले प्रारम्भिक चरणमा सडक चक्लाउन... पुरा पढ्नुहोस

दरमिजा हुँदै चिमखोला जाने गोखोको भिरमा गोरेटो बाटो मर्मत (फाेटाे फिचर)

म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दरमिजा हुँदै चिमखोला जाने पदमार्ग अन्र्तगत गोखोको भिरमा गोरेटोबाटो मर्मत गरिएको छ । चिमखोलातर्फबाट दरमिजा तर्फ सडक विस्तार गर्ने क्रममा पुरानो गोरेटोबाटो पुरिएपछि चिमखोलाका स्थानीय युवाहरुले अप्ठ्यारो भिरमा गोरेटो बाटोलाई मर्मत गरेका हुन् ।   मोटरबाटो निर्माण कार्य अप्ठ्यारो ठाउँमा पुगेर रोकिएको र... पुरा पढ्नुहोस

ग्रामिण क्षेत्रमा उपस्थिति बढाउन प्रहरीलाई सुझाव

बेनी ५ साउन । म्याग्दीका सरोकारवालाहरुले ग्रामिण क्षेत्रमा उपस्थिति र पहुँच बढाउन प्रहरीलाई सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रियामा सहभागि जनप्रतिनिधि, ब्यवसायी र अगुवाहरुले नयाँ संरचना अनुसार दुर्गम र विकट क्षेत्रमा पनि प्रहरीको उपस्थिति आवश्यक रहेको बताएका थिए । म्याग्दीमा प्रहरी चौकी थप... पुरा पढ्नुहोस

अनेरास्ववीयुद्धारा राहुवडामा वृक्षारोपण (फोटो फिचर)

बेनी ५ साउन । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–६ राहुवडामा वृक्षारोपण गरिएको छ । एक स्थानीय तह, एक वन निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार राहुवडाको सार्वजनिक खाली पाखोमा ३०५ वटा काठ र घाँस प्रजातिका बिरुवा रोपिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सुरुवात... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको इञ्चार्जमा थापा चयन

बेनी ५ साउन । नेपाल कम्युनिष्ट पार्टीले म्याग्दी जिल्ला इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापालाई दिएको छ । काठमाडौमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको इञ्चार्जको टुङ्गो लगाएको हो । यसअघि म्याग्दी जिल्लाको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठलाई चयन गरिएको थियो । म्याग्दीका... पुरा पढ्नुहोस

पाखापानीमा तालिम र सेवा केन्द्रको भवन निर्माण

सन्तोष गौतम बेनी ५ साउन । रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा तालिम र सेवा केन्द्रको भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न सिपमुलक तालिम सञ्चालनका लागि तीन सय जना क्षमताको तालिम केन्द्र भवन बनाइएको हो । तालिम केन्द्रको भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १४ लाख रुपैयाँ बिनियोजन... पुरा पढ्नुहोस