‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको उद्घाटन ( फोटोफिचर)

  • ९ मंसिर २०७६, सोमबार
  • धिरन खत्री
  • 3271 पटक पढिएको

म्याग्दी ९ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता जेसिजको सभाहलमा सोमबार उद्घाटन गरिएको छ । मंसिर १४ गतेसम्म संचालन हुने १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ कोे उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका हुन् ।


सदरमुकाम बेनीको खुल्लामञ्च संचालन हुने जेसीजकप फुटवल प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेको छ । शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाट्न गर्दै सांसद केसीले जेसीज कपको निरन्तरताले फुटवल क्षेत्रमा प्रतिभावान क्षमता भएका विद्यालयस्तरका खेलाडीहरुलाई बाहिर ल्याउन मदत पु¥याएको बताए । खेलकुदले स्वास्थ्यसंगै राष्ट्रको लागि आवश्यक खेलाडी उत्पादन गर्न सहयोग गरेको बताउदै खेलकुद क्षेत्रको आवश्यक पुर्वाधार निर्माणमा सबैले साचो दिन आग्रह गरे ।


भौगोलिक विकटताले ग्रामिण भेगमा खेलकुद पुर्वाधार कम भएको बताउदै प्रदेश सरकारले हरेक स्थानीय तहमा सुविधासम्पन्न खेलकुद मैदान निर्माणमा योजनासहित अघि बढेको बताए । उनले खेलकुद क्षेत्रमा क्रियाशिल खेलाडीलाई स्थानीय तहमा सुविधा सम्पन्न खेलकुद पुर्वाधार निर्माण योजनालाई कार्यान्वयनमा लाग्न आग्रह समेत गरेका थिए । त्यस्तै म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले अनुशासनमा रहेर खेल प्रतिभा देखाउन सहभागि विद्यालयलाई आग्रह गरेका थिए । त्यस्तै नेपाल जेसिजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका पुर्व अध्यक्ष विजयकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा सहभागि हरेक विद्यालयलाई फुटवल वितरण तथा मुख्य रेफीलाई समेत सांसद केसीद्धारा फुटवल दिएर प्रतियोगिता शुभारम्भ गरिएको थियो ।


प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।


प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर/रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताए । विभिन्न विद्यालयका खेलाडी, शिक्षक लगायतको उपस्थित रहेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रतियोगिताका संयोजक भण्डारी र संचालन महासचिव सन्दिप खत्रीको रहेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l