बेनीबाट प्रकाउ परेका जुवाडेको नाम प्रहरीले ग¥यो सार्वजनिक (को–को परे पुरा विवरण)

  • ९ मंसिर २०७६, सोमबार
  • 9378 पटक पढिएको

म्याग्दी ९ मंसिर । आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका व्यक्तिहरुको पहिचान खुलेको छ । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका १२ जनाको विवरण प्रहरीले ढिला गरि सोमबार विहान मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै गरेको समयमा दुई महिला र १० जना पुरुषलाई नियन्त्रणमा लिईएको थियो । प्रहरीले जुवाखालबाटै नियन्त्रणमा लिईएकाहरुमा बेनपा–८ बस्ने मुकुन छन्त्याल र ओम छन्त्याल समेत रहेका छन् ।


पक्राउ परेका मुकुन छन्त्याल नेपाल तरुण दलको जिल्ला अध्यक्ष र ओम छन्त्याल नेपाली काँग्रेसको जिल्ला सदस्य समेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा बेनपा–७ की शुसिला भट्टचन, धवलागिरी गाउँपालिका–३ की होमसरा बुढा, फडेन्द्र बुढा, पूर्णबहादुर दराई, बेनपा–७ का डम्मर बहादुर बानियाँ, बेनपा–१० का पृथ्वीलाल रोका, बेनपा–८ का गेमबहादुर छन्त्याल, धवलागिरी गाउँपालिका–७ का तुलबहादुर गुरुङ, बेनपा–९ का पदम छन्त्याल, मालिका गाउँपालिका–५ का भव घर्ति रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जुवा खेल्दै गरेको अबस्थामा पक्राउ परेका उनीहरुको साथबाट भने न्युन नगद बरामद भएको प्रहरीको दावि छ । पक्राउ परेकाहरुलाई हिरासतमै राखेर आबश्यक अनुसंधान गरिरहेको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।