प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी
- १० मंसिर २०७६, मंगलवार
- 3093 पटक पढिएको
काठमाडौं १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे ।

उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी गरिएकाे छ । सामान्य स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक सेन्टरमा गएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।