गलेश्वरमा शतबीज छर्न अहिलेसम्मकै बढी भक्तजन भित्रिए, ५० हजारले दर्शन गरेकाे अनुमान (भिडियो सहित)
- ९ मंसिर २०७६, सोमबार
- कमल खत्री
- 3758 पटक पढिएको
म्याग्दी ९ मंसिर । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर्वको अवसरमा अहिलेसम्मकै बढी भक्तजनहरुले दर्शन तथा पुजापाठ गरेका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको हो ।
यस बर्षको बालाचर्तुदशीमा आएका भक्तजनहरुको सख्ंया अहिलेसम्मकै धेरै रहेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार, विहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म नै भक्तजनहरुले लाईनमा बसेर पुजा आराधाना तथा सतबिज छरेका थिए ।
दिनभरमा ५० हजारको हाराहारीमा भक्तजनहरुले गलेश्वरधामको दर्शन गरेको अनुमान गरिएको छ । ‘‘ गलेश्वरको महिमाको प्रचार प्रसारले भक्तजनहरुको आगमन बढेको हो, अनुमान गरेभन्दा बढी भक्तजन आएपनि लाईनमा बसेर शान्त रुपमा पुजा गर्ने प्रवन्ध मिलायौँ, यस कार्यमा स्वयमसेवक र शुरक्षाकर्मीको भुमिका महत्वपूर्ण रह््यो’–क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले भने ।
बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । गलेश्वरमा आएका भक्तजनहरुले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो लगायतका बीउ छरेका थिए ।
सतविज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, , चितवन, नवलपरासी लगायतका ठाउँबाट समेत ठुलो संख्यामा भक्तजनहरु गलेश्वरमा आएका थिए । सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले पनि भक्तजनको भिड अन्य समयको तुलनामा बढेको कोषले जनाएको छ । गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l