ताजा अपडेट

म्याग्दी कांग्रेसद्धारा दग्नामका पहिरो पीडितलाई राहत वितरण

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरो पिडित २४ घरपरिवारलाई नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरको पहलमा पहिरो पिडितलाई चार भागमा विभाजन गरेर राहत वितरण गरिएको दग्नामका धनिलाल गर्बुजाले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस

काठमाण्डौमा ह्वात्तै बढे कोरोना संक्रमित

काठमाण्डाै २२ असोज । देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। आज देशभर थपिएका ४३६४ संक्रमित मध्ये २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १०... पुरा पढ्नुहोस

मिर्गौला पीडित खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग

म्याग्दी २१ असोज । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी  मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको... पुरा पढ्नुहोस

पाखापानी विद्रोहमा ज्यान गुमाएका गुमनाम शहिद : को थिए तुले रोहानी ? किन मारिए उनी ?

ध्रुर्बसागर शर्मा  म्याग्दी २० असाेज । नेपालका प्रथम शहिद भनेर लखन थापालाई चिनिन्छ ।  विसं १९३३ साल फागुन २ गते जंगबहादुर राणाको देविदत्त पल्टनका सैनिकहरुले गोरखा बुंकोटको किल्ला परिसरभित्र खिर्राको बोटमा झुण्ड्याएर लखन थापालाई मृत्यु दण्ड दिइएको कुरा उल्लेख गर्दै लखन थापालाई इतिहासमा समेत  नेपालकै पहिलो शहिद भनिएको छ ।... पुरा पढ्नुहोस

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारकाे राहत

दरवाङ, २० असोज । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण

म्याग्दी २० असोज । म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाण्डौ र पर्साबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुइ जनामा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा... पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी ‘देउखुरीु र नाम ‘लुम्बिनी’

असोज २० बुटवल । अन्तत प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् दुइ तिहाइ मतबाट नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको छ। प्रदेशको राजधानी... पुरा पढ्नुहोस

पर्यटकलाई लोभ्याउने खोपारा (खोप्रा) लेक (फोटोफिचर )

धिरन खत्री म्याग्दी, २० असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ स्थित पर्यटकियस्थल खोपारा(खोप्रा) लेक ३ हजार ६६० मिटर उचाईमा रहेको छ । शान्त वातावरण, हिमाल, हिमालबाट निरन्तर बगिरहने दुधे झरना, र शितल हावा जस्ता जैविक विविधताले खोपारा लेक सजिएको छ । प्राकृतिक सुन्दरताले समेटिएर बनेको खोपारा डाडाँबाट सुर्योदय संगै मोहित... पुरा पढ्नुहोस

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय स्थानीय तहलाई हस्तान्तरण

एसके थकाली जोमसोम २० असाेज । नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो... पुरा पढ्नुहोस

बेनीका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका खाद्य सामाग्री भेटिए

म्याग्दी,२० असोज । सदरमुकाम बेनी बजारका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छन् । चाडपर्व लक्षित गरेर बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री बढी भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कालीपुलस्थित बसपार्कका १० वटा पसलहरु अनुगमन गर्दा पेय पदार्थ, मसला, चाउचाउ, विस्कुट, बच्चाहरुले खाने... पुरा पढ्नुहोस