प्रदेश ५ को राजधानी ‘देउखुरीु र नाम ‘लुम्बिनी’

  • २० आश्विन २०७७, मंगलवार
  • 1476 पटक पढिएको

असोज २० बुटवल । अन्तत प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् दुइ तिहाइ मतबाट नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको छ।

प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ।

पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावसमेत पारित भएको छ। लुम्बिनीको पक्षमा ७९ मत परेको छ। विपक्षमा ४ मत मात्रै परेको छ। प्रदेशको नाम भने बुद्ध जन्मस्थल लुम्बिनीबाट राखिएको छ। प्रदेश सरकार स्थापनाको पौने तीन वर्षपछि सरकारले राजधानी तोकेको हो।