ताजा अपडेट

बेनी नगरपालिकाका विद्यालय मंसिर १४ गतेदेखि नियमित खुल्ने

म्याग्दी, ११ मंसिर । मंसिर १४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय नियमित रुपमा खुल्ने भएका छन् । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको सर्वपक्षिय भेलाले आईतबारदेखि सुरक्षा मापदण्ड पालना गरेर खुलाउने निर्णय गरेको हो । विहिबार बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा संविधान सभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख... पुरा पढ्नुहोस

बेनीबाट भैरहवा जाँदै गरेकाे बस आँबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते

तनहुँ ११ मंसिर ।  तनहुँको आँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो । घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको... पुरा पढ्नुहोस

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली

काठमाडौं  ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड र्दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई... पुरा पढ्नुहोस

रघुगंगाको मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

म्याग्दी, १० मंसिर ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा... पुरा पढ्नुहोस

हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)

म्याग्दी ९ मंसिर ।  लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार... पुरा पढ्नुहोस

गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने मौवाफाँटमै अस्पताल बनाउन ध्यानकर्षण

म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा... पुरा पढ्नुहोस

हाते ट्याक्टरले खुट्टामा गम्भिर चोट लागेका साझापानीका भण्डारीको उपचारमा सहयोगको अपिल

म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले काटेर खुट्टामा गम्भिर चोट लागेर उपचाररत युवाको परिवारले सहयोगको अपिल गरेका छन् । गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर  उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा... पुरा पढ्नुहोस

म्याग्दीकी १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

म्याग्दी ९ मंसिर । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनाले पछिल्लो समय बेवारिसेहरु शव जलाउने काम गर्छिन् । बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे

कमल खत्री म्याग्दी ९ मंसिर ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो । मित लगाउने बिषयमा पहिले... पुरा पढ्नुहोस

मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग

म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ । सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो । यसबर्षको अविरल... पुरा पढ्नुहोस