हाते ट्याक्टरले खुट्टामा गम्भिर चोट लागेका साझापानीका भण्डारीको उपचारमा सहयोगको अपिल
- ९ मंसिर २०७७, मंगलवार
- 5058 पटक पढिएको
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले काटेर खुट्टामा गम्भिर चोट लागेर उपचाररत युवाको परिवारले सहयोगको अपिल गरेका छन् । गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा आर्थिक अभाब हुन थालेपछि घरपरिवारले सहयोगको लागि अपिल गरेका छन् ।
घटना लगत्तै पिप्ले स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि भण्डारीलाई पोखरा स्थित मेट्रोसिटी अस्पतालमा भर्ना गरिएको थियो । ११ दिनदेखि आईसियु कक्षमा उपचाररत भण्डारीको उपचारमा खर्च धेरै लाग्ने र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि सहयोगको लागि अनुरोध गरिएको उहाँका आफन्त निसान भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, उपचारमा अहिलेसम्म ५ लाख खर्च भैसकेको छ ।
भण्डारीको दाइने खुट्टाको घुँडादेखि तल गोलीगाँठ देखि माथिको भागमा ट्याक्टरको मेसिनले गम्भिर चोट पु¥याएको थियो । केहि बर्ष अघि प्रवासमै विरामी भएपछि घर फर्कनुभएका भण्डारीले गाउँमा हाते ट्याक्टर मार्फत खेत जोतेर जिविका चलाउँदै आउनुभएको थियो । परिवारका अन्य सदस्यको आम्दानीको स्रोत नभएको कारण उपचारमा थप समस्या भएको छ ।
सम्पर्क : सुस्मा कुमारी भण्डारी ९८४७६३०८७३
निसान भण्डारी : ९८६७६२३१४२
पदम भण्डारी : ९८५७६२४३८९
खातावाला : Sushma kumari Bhandari
प्रभु बैँक खाता नम्बर : 0560167465500014