म्याग्दीकी १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

  • ९ मंसिर २०७७, मंगलवार
  • 1383 पटक पढिएको

म्याग्दी ९ मंसिर । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेको प्रभाबशाली महिलाको सुचिमा परेकी सपनाले पछिल्लो समय बेवारिसेहरु शव जलाउने काम गर्छिन् ।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन् । आफुलाई बिविसीले प्रभाबशाली महिलाको सूचिमा सुचिकृत गरेकोमा आभार प्रकट गर्दै उनले आफ्नो मोडिएको सामाजिक कार्यमा हौँसला थपिएको भन्दै सामाजिक सञ्जाल मार्फत खुसी प्रकट गरेकी छिन् ।

म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनी घर भएकी मगर बेवारिसे व्यवस्थापन तथा पनर्जीवन केन्द्र मा आबद्ध रहेर विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय छिन् ।