ताजा अपडेट

नेफस्कून र सहकारी संचालक समितिविच बेनीमा अन्तरक्रिया

म्याग्दी, १२ पुष । सहकारीलाई प्रविधिमैत्री बनाउन नेफस्कूनद्धारा सहकारी संचालक समितिको अध्यक्ष तथा सदस्यहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ फिल्ड कार्यालय (नेफस्कून ) पोखराको आयोजनामा म्याग्दीका २५ वटा सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थितमा नेफस्कून स्थापनाको उद्देश्य, संचालन गरिरहेको क्रियाकला तथा सेवाहरु र आगामी... पुरा पढ्नुहोस

मुस्ताङको पर्यटन क्षेत्र खुलाउन होटल ब्यवासायीको आग्रह

  म्याग्दी, १२ पुष । कोरोना भाईरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन ब्यवसाय खुलाउन म्याग्दीका होटल ब्यवसायीले माग गरेका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापन पत्र बुझाएका... पुरा पढ्नुहोस

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । मन्त्री आङबोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगत्तै उनको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

म्याग्दी उबासंघका अध्यक्ष कर्माचार्य प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित

म्याग्दी ११ पुस । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित हुनुभएको हो । निर्वाचन... पुरा पढ्नुहोस

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी बरुवाललाई सम्मान

म्याग्दी ११ पुस । नेपाल जेसीज बर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएका म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाललाई सम्मान गरिएको छ । म्याग्दी जेसीजको पुर्व अध्यक्षीय क्लबले शनिवार बेनीमा बरुवालको सम्मानमा आयोजित बधाई तथा कृतज्ञता कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा पूर्व अध्यक्षीय क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठ,... पुरा पढ्नुहोस

सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन, १३ लाख बढी मृत्यु दावि भुक्तानी (फाेटाे/भिडियाे)

म्याग्दी ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=Zy4eH8CnoFg शाखाको... पुरा पढ्नुहोस

रघुगंगामा अस्पताल बनाउने ठाउँको विवाद लम्बियो, गाउँ सभा समेत पछि धकेलियो

म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद थप लम्बिएको छ । मन्त्रालयले तोकेको ठाउँ, कार्यपालिका बैठकले गरेको निर्णय र पुनः विभागबाट स्विकृत भएको स्थान फरक फरक स्थानमा पर्न गएपछि गाउँपालिकामा अस्पताल बनाउने स्थानको विवाद बढेको हो । अहिले रघुगंगामा असपताल बनाउने विवाद... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीको प्रतिगमन कदमका विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन (भिडियाे सहित)

म्याग्दी १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध शुक्रवार साँझ बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले सदरमुकाम बेनीमा राँकेजुलुस निकालेका हुन । बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीबाट १ लाख ३९ हजार सहयोग

म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । युकेमा रहेका राखुबासीहरुको समाज राखु समाज बेलायतका अध्यक्ष रत्न शाहि (गोपाल)को पहलमा बेलायतमा रहनुभएका राखुबासीहरुबाट रु १ लाख ३९ हजार ६६२... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट १ लाख २८ हजार सहयोग

म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका राखुबासीको संस्था राखु समाज अष्टे«ेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख २८ हजार ५७५ रुपैयाँ सहयोग संकलन गरि पठाईएको... पुरा पढ्नुहोस