बागलुङ काँग्रेसले ग¥यो सरकारको ध्यानाकर्षण
- २७ बैशाख २०७८, सोमबार
- 583 पटक पढिएको
बैशाख २७, बागलुङ । नेपाली काँग्रेस बागलुङले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवारी बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ ।
नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकार भ्रष्टचार, कमिशन, मतियार बनेर नागरिकको रोकथाम तथा उपचार गर्न नसक्दा आम नागरिकमा भयावह अवस्थाबाट मुक्त भई ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न समेत जोडदार माग गरेको छ ।
जिल्ला समेत अति जोखिम अवस्था सिर्जना भएकोले नेपाली काँग्रेस, भातृ तथा शुभेच्छुक संघ संस्थाका विभिन्न तह र तप्कामा रहेका नेता, कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आफ्नो गाउँ टोलमा रहेका कोभिड १९ को लक्षण देखा परेका तथा हालको अवस्थाको कारणबाट विभिन्न संकटमा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न अपिल समेत गरेको छ ।
मुलुकका ७७ वटै जिल्ला, प्रतिनिधी, प्रदेश, पालिका तथा वडा तहसम्म विज्ञप्ती जारी गरी वर्तमान अवस्थाको बारेमा सचेतना फैलाउँदै सरकारको गतिविधिहरुको ध्यानाकर्षण गर्नको लागि नेपाली काँग्रेसले निर्देशन गरेको थियो ।