ताजा अपडेट
थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
- 4 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
म्याग्दी २ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीको एम्बुलेन्स सेवा र ‘फुड बैंक’ स्थापना
- 4 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
म्याग्दी, जेठ २ । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका... पुरा पढ्नुहोस
प्रेस संगठन नेपाल बागलुङको भिडियो कन्फ्रेन्स बैठक: कोरोना संकटमा हेल्प डेस्क निर्माण गरिने
- 4 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
जेठ १ बागलुङ । प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङको बैठक सम्पन्न भएको छ । कोरोना महामारीमा अग्रपंतीमा खटिने पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स बैठक मार्फत गरिएको हो । बैठकमा कोरोनाको महामारीमा अग्रपंतीमा रहेर जनतालाई सूचना प्रवाह गरिरहेका पत्रकारको स्वास्थ्यस्थितिबारे छलफल... पुरा पढ्नुहोस
कोरोना महामारीमा परिचालन गरिएको मंगला गाउँपालिकाको गाडी तोडफोड
- 4 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
बेनी २ जेठ । कोरोना महामारीमा परिचालन गरिएको मंगला गाउँपालिकाको गाडी तोडफोड भएको छ । बेनीमा विरामी छाडेर बावियाचौर तर्फ जाँदै गरेको ग१ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा शनिवार राती करिब १२ बजे तोडफोड भएको थियो । मदिरा सेवन गरेर गाडी तोडफोडमा संलग्न भएका सिमचौरका ३५ बर्षिय... पुरा पढ्नुहोस
महामारीमा विवाह भोज : जस्ले लियो एक सातामा एकै घरका चारको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
नारायण रिजाल बागलुङ २ जेठ । कोरोना संक्रमणबाट बागलुङ जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका चारजनाको एक... पुरा पढ्नुहोस
युवा संघको स्थापना दिवसमा स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष रमेश गुरुङले रु १० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । संघको ३१ औँ स्थापना दिवसको अवसरमा शनिवार गाउँपालिकाले पिप्लेमा सञ्चालन गरेको कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मि र कोरोना संक्रमित विरामीको सुविधाको लागि... पुरा पढ्नुहोस
रघुगंगामा स्वास्थ्य चौकीका कर्मचारीलाई कोभिड अस्पतालमा परिचालन
- 4 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि वडा स्तरमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पतालतर्फ व्यवस्थापन गर्न थालेको छ । कोरोनाका संक्रमित बढेसंगै वडा नम्बर ३ पिप्लेमा रहेको कोभिड अस्पतालमा आबश्यक पर्ने स्वास्थ्यकर्मीहरु गाउँपालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थाबाट काजमा खटाउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट थप ८१६७ संक्रमित थपिए ,१८७ जनाको मृत्यु
- 4 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
काठमाण्डौ १ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या... पुरा पढ्नुहोस
म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयाे । शनिवार कोरोना पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना... पुरा पढ्नुहोस
४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रशारणमा जोडियो
- 4 बर्ष, 11 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन भएसंगै राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।कालीगण्डकी करिडोर प्रशारण आयोजना अन्तर्गत दानामा निर्माण भएको सबस्टेशन मार्फत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारणमा जोडिएको... पुरा पढ्नुहोस