३४ जनामा कोरोना संक्रमण पुष्टि

  • १९ जेष्ठ २०७८, बुधबार
  • 816 पटक पढिएको

 

म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् ।
पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण पुष्टि भएको हो । एन्टीजेन विधिबाट गरिएको परिक्षणमा अन्नपूर्णमा ८ जना, मंगलामा ७ जना , रघुगंगामा १ जना , मालिकामा २ जना, धवलागिरीमा ४ जना र जलजलामा ३ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९८४ जना पुगेको छन् । पिसिआरबाट १४८४जना र एन्टिजेनबाट ५०० जना भएका छन् । जिल्लामा २५० जना सक्रिय संक्रमित रहेका छन् । बुधबार २८ जना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार ७० वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।