म्याग्दीमा ३१ जना कोरोना संक्रमित पुष्टि

  • १८ जेष्ठ २०७८, मंगलवार
  • 1038 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट १३ जनामा कोरोना पुष्टि भएको हो ।


पिसिरआर विधिबाट बेनी नगरपालिकामा ९ जना, गाउँपालिका अन्तरगत मालिकामा १ जना , अन्नपूर्णमा ४ जना, मंगलामा २ जना, धवलागिरीमा १ जना र पर्वतको जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पुष्टि भएको हो ।

त्यस्तै एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट अन्नपूर्णमा २ जना, मंगलामा ६ जना , रघुगंगामा २ जना, मालिकामा २ जना र जलजला गाउँपालिकामा १ जना गरी १३ जनामासंक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ९५०जना पुगेको छ । पिसिआरबाट १४७५जना र एन्टिजेनबाट ४७५ रहेका छन् । जिल्लामा २४७ जना सक्रिय संक्रमित हुनुहुन्छ। मंगलबार २२ जना संक्रमित निको भएका छन् । अहिले सम्ममा अब २९ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।