विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

  • २० जेष्ठ २०७८, बिहीबार
  • 983 पटक पढिएको

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् ।

पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका छन् । एन्टीजेन विधिबाट गरीएको परिक्षणमा बेनी नगरपालिकामा २ जना, अन्नपूर्णमा २, रघुगंगामा ४ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ३० जना पुगेका छन् । पिसिआरबाट १५२२ जना र एन्टिजेनबाट ५०८ जना रहेको छ । जिल्लामा २५५ जना सक्रिय संक्रमित रहेका छन् । भने ४० जना संक्रमित निको भएको छ । हालसम्म २२ जना नमुनाको रिपोर्ट आउन बाँकीे छ।