राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग
- १९ जेष्ठ २०७८, बुधबार
- 2057 पटक पढिएको
म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु ८ लाख ३८ हजार ५८९ बराबरको सहयोग गरिएको हो । युकेमा रहेका राखुबासी र रखालबासीका ज्वाइचेलीहरुले समेत उक्त अभियानमा आर्थिक सहयोग गर्नुभएको छ ।
राखु समाज युकेले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन १० थान अक्सिजन सिलिण्डर खरिदका लागि रु १ लाख ६० हजार रकम गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिएको छ । त्यसैगरि रु २ लाख ७० हजार बराबरको लगानीमा २ वटा अक्सिजन कन्सल्टे«सन मेसिन खरिद गरिसकिएको र केहि दिनमै गाउँपालिका अध्यक्ष मार्फत कोभिड अस्पताल र सम्बन्धित स्वास्थ्य संस्थामा हस्तान्तरणको तयारी गरिएको छ ।
यस अघि राखु समाज युकेले पिप्ले स्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत विरामी र उनका कुरुवाहरुको लागि सञ्चालित निःशुल्क भोजनालय सुविधाको लागि रेडक्रस उपशाखाको खातामा रु ३ लाख ५६ हजार ९९८ जम्मा गरिएको र सोहि प्रयोजनका लागि रु ४१ हजार ३५० युवा क्लबका प्रतिनिधिलाई हस्तान्तरण गरिसकिएको छ । उक्त रकम निशूल्क भोजनालय, उक्त सेवाका लागि अत्याबश्यक उपकरण, स्वयमसेवकका लागी पीपीई लगायतका सामान खरिदमा परिचालनका लागि सहयोग गरिएको जनाइएको छ ।
पिप्लेमा वडा कार्यालयसंगै स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाईजी क्लब, नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखा लगायतको अगुवाईमा सञ्चालित निःशुल्क भोजनालयको लागि १० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराईसकिएको राखु समाज युकेका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो । राखु समाज युकेले राखु क्षेत्रमा आईपर्ने हरेक आपतविपत्त र सामाजिक कार्यहरुमा स्थापना कालदेखि नै आर्थिक सहयोग गर्दै आएका छन् । कोरोना महामारीको समयमा जनताको स्वास्थ्य उपचार र निशुल्क भोजनका लागि खटिने स्वास्थ्यकर्मी र स्वयमसेवकहरुमा राखु समाज युकेले आभार प्रकट गर्दै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वका कार्यहरुमा सहकार्य गरिरहने प्रतिबद्धता जनाएको छ ।
सहयोगदाताको विवरण
1. Toran Binam Shahi £61
2. Ammar Malla family £300
3. Bishnu Bhandari Family£101
4. Khim chhetri £ 25
5. Maj Dammar Shahi & family £365.00
6. Kapil & Rama Malla £151.00
7. Nanda Shahi Family £ 300.00
8.Mekh Bhandari £25
9. G Shahi and Family £150.00
10. Dipak Malla and family £151.00
11. Amar Bhandari and family £155.00
12. Tika Shahi and Family £ 151.00
13. Sanjiv malla and family- Rs 25,000/-
14. Amar Shahi and family- Rs 16,350/-
15. Kapil Mall and family- £91
16. Arjun Malla& family-£201
17. Rabindra Shahi, Sita Shahi,RASHMITA Shahi=£151
18.Tara bhandari-£101
19. Kiran malla -£71
20. Sunil+Suna Malla £150
21. Dan bahadur malla £101
22. Dhanga B Shahi and family- £61
23. Dil Malla – £101
24. Mekh Malla and family £101.00
25. Ratna Sahi (Gopal) £105
26. Bhagwan Malla £101
27.Khim Shahi £101
28. Prem Bhandari family £51
29. Sita Malla, Rabin Malla, Rita & Suraj Malla £151
30.pirthi shahi and son raskin shahi £101
31. Anil panita Singh £65
32. Abiskar Rakal £101
33. Suraj Samjhana Thapa £70
34. Govinda Sadhana Shahi £70
35. Bina Shahi Karki, Bijan £51
36. Kamal Bhandari £25.00
37. Ratna Shahi and family £250
38. Yashoda Hamal-£105
39. Ramesh Rujana Shahi £51
40. Arati Hamal £105
41. Niranjan Kunwar and family £111
42. A K Chhetri £75 (checkmark)
43. Gyan Bahadur Singh £101
44- नन्द मल्ल नेपाली रू 10000 बराबरकाे खाद्यान्न सहयाेग