शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

  • २१ जेष्ठ २०७८, शुक्रबार
  • 893 पटक पढिएको

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ । रघुगंगामा २२ जना बेनीमा २ जना र मंगलामा २ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

जिल्लामा संक्रिय संक्रमित २७२ जना छन् । भने १७ जना निको भएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या २०६८ जना पुगेको छ । पिसिआरबाट १५३४ जना र एन्टिजेनबाट ५३४ जना संक्रमित पहिचान भएको छन् ।