अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा

  • १९ जेष्ठ २०७८, बुधबार
  • 1362 पटक पढिएको

नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ ।

२० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो दिन हो । तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र लगाएत राजपरिवारका १० जनाको हत्या भएको उक्त घटना अझै पनि रहस्यमय छ । नेपाली जनताका निकै लोकप्रीय, शालीन, भद्र र सवैलाई राम्रो व्यवहार गर्ने राजा विरेन्द्र त्यो कालो दिनबाट एउटा ईतिहास बनेर अस्ताए । सवै नेपालीको मनमा बस्न सफल प्रिय राजा विरेन्द्रको मृत्युको त्यो खबरले आम नेपालीको मनमा लागेको गहिरो चोटले अझै निको हुन सकेको छैन् ।

त्यस दिनको घटनापछी उनका सहोदर भाई ज्ञानेन्द्रले केहि बर्ष राजगद्धि सम्हालेका थिए । तर उनी पनि आफ्नो दाईको बंशनै सखाप हुनेगरी भएको त्यो घटनाको सत्य तथ्य खोजी गर्ने तर्फ लागेनन् । नेपाली राजनितिको हरेक मोडमा प्रधानमन्त्रि भएका वा सत्ता सम्हालेका धेरैले दरबार हत्याकाण्डको बिषयमा पुन छानविन हुनुपर्ने भन्दै कुरा उठाए । तर यो विषय उनिहरुको भाषणमा मात्र सिमित भएर हरायो । विद्रोहि र विपक्षीलाई पनि भलो चाहाने र देश र जनता प्रति सधै मान राख्ने राजा विरेन्द्र र उनको परिवारको हत्याले नेपालमा गणतन्त्रको विजारोपण गरेको धेरैले बताउँदै आएका छन् । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधिश केशव प्रसाद उपाध्याको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिको प्रतिवेदनले तत्कालीन युवराज दिपेन्द्रले राजारानी सहित आफु र अन्य सात जनाको हत्या गरीएको निश्कर्ष सहितको प्रतिवेदन सार्वजानिक गरिएको थियो । तर यो तथ्यलाई अम नेपालीले भने पत्याउन सकेका छैनन् ।

दरबार हत्यकाण्डको त्यो विनाशकारी घटनाको २० बर्ष पुरा भईसक्दापनि नेपाली जनताले भने यस घटनाको चित्तबुझ्दो कारणको जानकारी नपाउनु दुःखद हो । हुनत नेपाल जस्तो दण्डहिनता मौलाईरहेको देशमा यस्ता घटनाले पुर्ण रुपमा न्याय नपाउनु कुनै नौलो कुरा होइन् । नेपालको ईतिहासमा यस्ता धेरै घटना छन् जुन घटनाले दोषिको अवशेष छोडेर जाँदा समेत न्यायबाट बन्चित भएका छन् । आजको लोकतान्त्रिक गण्तन्त्र नेपालमा पुन् त्यो विभत्स नारायणहिटि हत्याकाण्डको छनविन र औपचारीक रुपमा खोजी गरी आम नेपालीको मनमा मलम लगाउन आवश्यक छ ।