ताजा अपडेट

फागुन २२ वा २३ मा संसद बैठक: प्रधानमन्त्री ओली

काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन्... पुरा पढ्नुहोस

मालिकाकी विपन्न परिवारकी छात्रा अञ्जनालाई सहयोग जुटाईदै

म्याग्दी १४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमक विद्यालयको कक्षा ६ मा अध्ययनरत विपन्न परिवारकी एक छात्रालाई सहयोग जुटाउन थालिएको छ । रघुगंगा गाउँपालिका–३ मालिका घर भएकी अञ्जना परियार विपन्नता र गरिबीको कारण विद्यालयमा खाना नै नखाईकन आउने गरेको भेटिएपछि विद्यालयले छात्राको सहयोगार्थ सहयोग जुटाउन थालेको हो... पुरा पढ्नुहोस

कालीगण्डकीको किनारमा हिमालको काख भएर मोटर सरर… ( तस्बिर)

बेनी, १४ फागुन । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । कालिगण्डकी नदीको किनार नजीक, अग्ला पहाडहरुको खोचमा रहेको बेगखोलामा मोटर चढ्ने पुल नहुँदा सवारी साधनहरु खोलामै वारपार गर्दै आएका छन् । बेगखोलामा आएको बाढीले रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला बस्ती... पुरा पढ्नुहोस

सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

बेनी, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको एक्साभेटर... पुरा पढ्नुहोस

विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज रहेका म्याग्दीका नेता पदम पुन पक्राउ

म्याग्दी १४ फागुन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको... पुरा पढ्नुहोस

फापरखेतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

म्याग्दी १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको... पुरा पढ्नुहोस

बिमका पहिरोपीडितको आवास धमाधम निर्माण हुँदै (भिडियाे/तस्बिर )

म्याग्दी १३ फागुन । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिमका पहिरोपीडितको आवास पुनः निर्माणले तिब्रता पाएको छ । गाउँपालिका, प्रवासी म्याग्देली, दाताको सहयोगमा आवास पुननिर्माणले तिब्रता पाएको हो । जग्गा भएकाले आफैं र नभएकाका लागि जग्गा खोजेर आवास पुनर्निर्माण सुरु गरेको वडा नम्बर ७ का वडाध्यक्ष रेशम जुग्जालीले जानकारी... पुरा पढ्नुहोस

दक्ष जनशक्ति उत्पादन नहुँदा बेरोजगारको संख्या बढ्यो

सरकारले २०४५ सालदेखि प्राविधिक धारको शिक्षालाई नेपाल सरकारले मान्यता दिएको छ । सीटीईभीटीको स्थापना भएसँंगै प्राविधिक शिक्षाको पनि प्रवद्र्धन हँुदै अएको छ । देशमा सैद्धान्तिक शिक्षाका लाखौं युवा बेरोजगार हुन बाध्य भए पनि अझै पनि बजारले माग गरेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा सैद्धान्तिक शिक्षामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन... पुरा पढ्नुहोस

भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानकर्ता दुई प्रहरीको बढुवा

कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो । प्रहरी नायव निरीक्षकमा बढुवा भएका... पुरा पढ्नुहोस

स्थानीय तहमा गौरवका योजना : ‘साख जोगाउँदै, आशा बढाउँदै’

कमल खत्री बेनी, १३ फागुन । साना–साना योजना । बजेट सकिने विकास । आर्थिक बर्षको अन्तमा बजेट सकिन्छ, विकास बाढीले बगाउँछ । संघियता कार्यान्वयनको सुरुवाती बर्षहरुमा देशभरका अधिकाँश स्थानीय तहमा देखिएका साझा समस्या हुन् । अधिकाँश स्थानीय तहहरुले यो समस्या अहिले पनि उस्तै छन् । यसमध्येमा म्याग्दीको मंगला गाउँपालिकाले केहि... पुरा पढ्नुहोस