कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, तीन जना घाईते (तस्बिर सहित)
- १४ भाद्र २०७८, सोमबार
- 1658 पटक पढिएको
म्याग्दी १४ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।
मध्यरातमा करिब साढे २ बजे पारीपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी भएर बजारतर्फ आएपछि ८ घरमा क्षति पु¥याएको कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले घरहरु भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाईते भएका छन् । उनीहरुलाई स्थानीयबासीले उद्धार गरि बेनी अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनीहरुको अवस्था खतरामुक्त रहेको जनाईएको छ । पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा रहेको टोल सुधार समितिका संयोजक पुनले बताउनुभयो । मध्यरातमा अबिरल बर्षासंगै ठुलो आवाजमा पहिरो खसेपछि स्थानीयबासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयबासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।
‘‘पहिरो संगै घरभित्रै नदीको बाढी आयो, बृद्धबृद्धाहरुलाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ,’’–स्थानीयबासी सृुरेश पुनले भन्नुभयो । उहाँका अनुसार, बजारमा आएको छालले घरहरुसंगै शौचालय, बाथरुम, खानेपानी लगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागी बनाईएको पर्खालमा लगाईएको फलामको तारबार समेत पूर्ण रुपमा भत्काएको छ ।
यसैबिच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाको बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी लगाएको टोलीले स्थलगत निरिक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पु¥याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बेनी नगरपालिकाका प्रवक्ता समेत रहनुभएका ८ नम्बर वडा मध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।