दोहोरी च्याम्पियनको टप ८ मा पुर्‍याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट

  • १३ भाद्र २०७८, आईतवार
  • 1401 पटक पढिएको

म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ ।

दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८ मा पुर्‍याउनका लागि म्याग्दी, बागलुङ लगायत देश विदेशमा रहेका नेपालीहरुको भोट आवश्यक रहेको छ । दोहोरी च्याम्पियनमा उतकृष्ट प्रर्दशन गर्दै आएका म्याग्दीकी शोभा कार्कीसहित बागलुङका बालचन्द्र बरालको टिमलाई टप १६ बाट टप ८ मा पुग्नका लागि भोटको आवश्यक रहेको कार्कीले बताईन ।


लोकसंगितको उर्भर भुमि म्याग्दीलाई चिनाउनका लागि दोहोरी च्याम्पियनको टप ८ मा पुगेर दोहोरी च्याम्पियनको आगामी चरणमा सफल बनाउनका लागि भोट महत्वपुणर् रहेको बताउदै म्याग्दीका दिदिबहिनी तथा दाजुभाईलाई भोट गर्न आग्रह गर्नुभएको छ ।

सानै उमेरदेखि म्याग्दीको मेलापर्व लगायत देशका विभिन्न ठाउँमा दोहोरी प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्दै दोहोरी विधातर्फ चर्चामा रहेकी कार्कीलाई दोहोरीमा च्याम्पियनमा सफल बनाउन भोट महत्वपुणर् रहेको छ ।

नोटः भोटका लागि नेपाल टेलिभिजनको App डाउनलोड गरि अत्याधिक भोट गर्न सक्नुहुनेछ
voting code : DC 16
send : 33001