म्याग्दीका थापा नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा चयन

  • १३ भाद्र २०७८, आईतवार
  • 1181 पटक पढिएको

म्याग्दी १३ भदौ । नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा म्याग्दी निवासी चक्रबहादुर थापा चयन हुनुभएको छ । भौतिक र भर्चुअलरूपमा शनिवार काठमाण्डौमा आयोजित नेपाल लाइब्रेरी फाउण्डेशनको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । फाउण्डेशनले नेपालमा विद्युतिय पुस्तकालय विस्तारको अभियानमा काम गर्दैै आएको छ ।


म्याग्दीको धवलागिरि गाउँपालिका–७ घर भई हाल न्यूजिल्याण्डमा रहनुभएका थापा म्याग्दी प्रवासी नेपाली संघ( मोना) को निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । थापाको अगुवाईमा मोना र लाईब्रेरी फाउण्डेसनको सहकार्यमा म्याग्दीमा समेत विद्युतिय पुस्तकालय स्थापनाको अभियान चलाईएको थियो ।


अधिवेशनबाट उपाध्यक्षमा मणिराम फुयाल, महासचिबमा धनकुमार श्रेष्ठ, कोषाध्यक्षमा रचना श्रेष्ठ, सचिबमा सुनिल पाण्डे, सदस्यहरूमा सरोजा श्रेष्ठ, श्री गंगाराम कँडेल, यज्ञराज भट्ट, छाँयादत्त न्यौपाने, प्रबिणबाबु ढकाल र चण्डिका कुमारी राय रहेको ११ सदस्यीय केन्द्रीय कार्यसमिति सर्बसम्मतिबाट चयन गरिएको छ ।

अध्यक्षको सपथपछि नबगठित कार्यसमितिका अध्यक्ष थापाले बर्तमान परिस्थितिमा नेपाल लाइब्रेरी फाउण्डेशनलाइ थप गतिशिल बनाउँदै दुर्गम र ग्रामीण भेडमा डिजिटल पुस्तकालय संगै युवा पुस्तामा पठनसंस्कृतिको विकास गर्नु आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको थियो । साधारणसभा तथा अधिवेशनले संस्थाको गतिविधिको र कामहरूको समीक्षा गर्दै “आफूले पढेको ठाउँ, एउटा पुस्तकालय बनाउँ“ भन्ने मूलमन्त्र समेत पारित गरेको छ । फाउण्डशनका अध्यक्ष कपिल देव थापाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रम संस्थापक अध्यक्ष शरदबाबु श्रेष्ठको प्रमुख आतित्यथा, उपाध्यष मणिराम फुयालको स्वागत र महासचिब धनकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।