नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङको संयोजकमा : थापा
- १३ भाद्र २०७८, आईतवार
- 1275 पटक पढिएको
नारायण रिजाल
भदौ १२ बाग्लुङ । नवगठिन नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्ला तहमा पनि संरचनाहरु निर्माण हुँदै गएको छ । पार्टीले आफ्नो संरचना निर्माण गर्ने क्रममा बागलुङमा पनि जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ । शनिबार बागलुङ सदरमुकाममा भएका भेलाले जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । भेलाले लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो ।
तत्कालिन नेकपा हुँदा कार्यालय सचिव र नेकपा एमाले हुँदा जिल्ला सचिवको रुपमा काम गरेका थापा एकिकृत समाजबादीको संयोजक भएका हुन । जिल्लाको बागलुङ नगरपालिका–१० स्थायी घर भएका थापा विद्यार्थी राजनिति देखी नै सक्रिय राजनिति गर्दै आएका हुन । भेलाले भूपाल चालिसेको संयोजकत्वमा चार सदस्यीय कार्यालय व्यवस्थापन उप समिति समेत गठन गरेको जनाएको छ ।
उक्त समितिमा जीवन आचार्य, हिमाल शर्मा र भरत पुरी सदस्य रहेका छन् । भेलाले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी दिएकोे छ । भेलाले शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था संमन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित ,सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचार्य रफडिन्द्र खड्का सहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।
जिल्ला अधिवेशन मार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न रणनीतिक योजना बनाएर काम गर्ने संयोजक थापाले बताए । समितिले तत्कालै जिल्ला भेला गर्ने गरी क्षेत्र तथा पालिका समितिको संयोजकहरु तोक्ने बताईएको छ । भेलामा तत्कालिन नेकपा एमाले तथा पुर्वराज्यमन्त्री रामजी प्रसाद शर्मा, नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, क्षेत्रिय अध्यक्ष गोविन्द गौतम, नगर इन्चार्ज भरत पुरी लगाएत अगुवा नेताहरुको उपस्थिति रहेको जनाईएको छ ।