वाइसीएलको सिंगामा वडासम्मेलन, अध्यक्षमा सन्दिप खत्री ( केन )
- १२ भाद्र २०७८, शनिबार
- 933 पटक पढिएको
बेनी, १२ भदौ । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल म्याग्दीले (वाईसीएल) बेनी नगरपालिका वडानम्वर ४ सिंगामा शनिबार वडा सम्मेलन गरेको छ । वडासम्मेलबाट वडा कमिटिको अध्यक्षमा सन्दिप खत्री ( केन )सर्वसम्मत चयन गरेको छ ।
वडा सम्मेलनबााट कमिटिको उपाध्यक्षमा बाबुराम केसी, लालबहादुर किसान, कुसुम बाँनियाँ, सचिवमा नारायण खत्री, सह–सचिवमा सुमन थापा, अमर किसान, दिपक केसी, रविना केसी, कोषाध्यक्षमा लालबहादुर कार्की रहेको नेतृत्व चयन गरिएको वाईसिएल बेनी नगर कमिटी अध्यक्ष नविन पौडेलले जानकारी दिए । कमिटिको सदस्यामा अजय काकी, किसान पुन, सागर थापा, अनुप कार्की, सरोज मिजरा लगायतका १०१ सदस्य रहेको वडा कमिटि निर्माण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज गोबिन्द पौडेल, गण्डकी प्रदेश कमिटि सदस्य एवम् प्रदेशसभा सदस्य बिनोद केसी, सचिवालय सदस्य सुविन जुग्जाली, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी लगायतका नेताहरुले नयाँ नेतृत्वलाई बद्याई दिदै अविर र खादाले सम्मान गरेका थिए । वडा सम्मेलनमा इन्चार्ज गोविन्द्र पौडेलले युवाहरु एकजुट भएर अघि बढ्न युवाहरुलाई आग्रह गर्नुभएको थियो । संबिधानसभाका सदस्य समेत रहनुभएका पौडेलले देश माओवादीको एजेण्डामा चलेको बताउदै प्रतिगमनलाई हटाउन वाईसिएलको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । त्यस्तै प्रदेश सदस्य विनोद केसी, सचिवालय सदस्य रेशम जुग्जाली (सुविन) ले संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । वडा कमिटीका अध्यक्ष भगवान खड्का लगायतका सदस्यहरूकाे उपस्थित भएकाे थियाे ।