ताजा अपडेट

अवरुद्ध बेनी- पोखरा सडक खुल्न २ दिन लाग्ने

  म्याग्दी, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध बेनी-पोखरा सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका... पुरा पढ्नुहोस

कांग्रेसको ४३ वडामा नेतृत्व चयन

म्याग्दी, २० भदौ । नेपाली कांग्रेस म्याग्दीले ४५ वडामध्ये ४३ वडामा नेतृत्व चयन भएको छ। शुक्रबार आयोजित वडा अधिवेशनबाट ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनसहित ४३ वडामा नेतृत्व चयन गरेको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद... पुरा पढ्नुहोस

दोस्रो किस्ता नपाउदाँ बाढी पहिरो पीडितको घर निर्माणमा ढिलासुस्ती

म्याग्दी, २० भदौ । म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएका परिवारकोे घर निर्माणमा ढिलासुस्ती भएको छ । जिल्ला प्रशासन कार्यालयले समयमै दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा घर निर्माण अलपत्र बनेको हो । सरकारले किस्तामा उपलब्ध गराउने प्रक्रियामा ढिलासुस्ती गर्दा धवलागिरी गाउँपालिका– ७ धारापानीका दलीतबस्तीका १४ परिवारको घर अलपत्र बनेको छ।... पुरा पढ्नुहोस

मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

पर्वत १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै... पुरा पढ्नुहोस

दुर्गमका जनता महंगीमा : खच्चडको भरमा खाद्यान्न ढुवानी

  म्याग्दी, १७ भदौ । भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघियताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याएपनि गुर्जामा पुग्न सकेको छैन् । जिल्लाको धवलागिरी गाउँपालिका– १ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका बस्तुहरु खरिदमा चर्को मुल्य... पुरा पढ्नुहोस

रघुगंगाको कोभिड अस्पतालको रुपमा प्रयोग भएको आमासमूहको भवन पहिरोको जोखिममा

बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको भवन पहिरोको जोखिममा परेको छ । गाउँपालिकाले कोभिड अस्पताल सञ्चालन गरेको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित प्रगतिशिल आमा समूहको भवनमाथिबाट खसेको पहिरोले भवन उच्च जोखिममा परेको छ । कोरोनाको दोस्रो लहर चलेपछि गत बैशाखदेखि आमा समूहको भवनलाई गाउँपालिकाले कोभिड... पुरा पढ्नुहोस

अधिवेशनले गाउँ फर्किए काँग्रेस नेताहरु, नेताहरुलाई नै प्रतिनिधि छनौटमा सकस हुनसक्ने

बेनी, १७ भदौ । नेपाली काँग्रेसको भदौ १८ मा हुने वडा अधिवेशनले शहरकेन्द्रित भएका नेता, कार्यकर्ताहरुलाई गाउँ फर्काएको छ । काँग्रेसमा वर्तमान कार्यसमितिको केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ । संघ र प्रदेशको पछिल्लो पटकको संसदीय निर्वाचनमा प्रत्येक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरुलाई समेत स्वत क्षेत्रीय... पुरा पढ्नुहोस

कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट गर्ने निर्णय

काठमाडौं १६ भदाै । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य... पुरा पढ्नुहोस

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा विश्व ‘ब्लाइन्ड आइडल’ घोषित

कमल खत्री म्याग्दी १६ भदौ । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको चुनावी सरगर्मी

कमल खत्री म्याग्दी १६ भदौ ।  नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई... पुरा पढ्नुहोस