ताजा अपडेट

रघुगंगामा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक, आईसोलेसनको क्षमता विस्तार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य बस्तुको समस्या, नियमित औषधि सेवन गर्नेहरुको अभाब, अस्पताल पुग्नका... पुरा पढ्नुहोस

विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २३ वैशाख । विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी... पुरा पढ्नुहोस

म्याग्दीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ वैशाख । म्याग्दीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार आएको कोरोना परिक्षणको रिपोर्ट अनुसार म्याग्दीमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सार्वजनिक गरेको पहिलो रिपोर्ट अुनसार म्याग्दीमा २८ जनामा संक्रमण पुष्टि भएकोमा अन्नपूर्ण गाउँपालिकाका २, बेनी नगरपालिकामा... पुरा पढ्नुहोस

धौलागिरी हिमालको आधारशिविर पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

म्याग्दी २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आधार शिविरमा पुगेपछि भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत... पुरा पढ्नुहोस

म्याग्दीकी ७२ बर्षिय कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

म्याग्दी २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–२ घर भएकी ७२ बर्षिय कोरोना संक्रमित महिलाको निधन भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको विहिवार विहान मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाकाको लक्षण सहित स्वास्थ्यमा समस्यामा देखिएपछि बेनी अस्पतालमा एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई थप... पुरा पढ्नुहोस

म्याग्दीका कोरोना शंकास्पद युवाको धौलागिरी अस्पतालमा मृत्यु

म्याग्दी २३ वैशाख । कोरोनाको लक्षणसहित धौलागिरी अस्पताल बागलुङमा उपचाररत म्याग्दीका एक पुरुषको मृत्यु भएको छ । गयराती स्वास्थ्यमा समस्या देखिएको र कोरोनाको लक्षण देखिएका २२ बर्षिय युवालाई बेनीबाट बागलुङ पु¥याएर धौलागिरि अस्पतालमा भर्ना गरिउपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।... पुरा पढ्नुहोस

बेनी नगरपालिका क्षेत्रमा आज रातीदेखि निषेधाज्ञा

बेनी, २२ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा आज रातीदेखि १० दिन लकडाउन (निषेधाज्ञा) हुने भएको छ । सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको निर्णयको आधारमा वैशाख २२... पुरा पढ्नुहोस

कोरोनाको जोखिम बढेपछि धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी २२ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिकाको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रहरु मार्फत प्रवाह हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको... पुरा पढ्नुहोस

एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

काठमाडौं २२ वैशाख । बुधबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ भने अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टी समेत भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९... पुरा पढ्नुहोस

एमाले लुम्बिनी प्रदेश सांसद डाँगीको राजीनामा स्वीकृत

रूपन्देही २२ वैशाख । लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताए । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आएका थिएनन् । १९ गते एमाले संसदीय दलको बैठकमा... पुरा पढ्नुहोस