परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक खबरदारी आवश्यक : मन्त्री पौडेल

  • १६ कार्तिक २०७८, मंगलवार
  • 1193 पटक पढिएको

 

म्याग्दी १६ कात्तिक । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा आयोजित चौथो जिल्ला सम्मेलनमा बोल्दै मन्त्री पौडेलले तथ्यपुणर् रुपमा सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

सम्मेलनमा समग्र बिकास र शुसासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो “प्रेस स्वतन्त्रता र पत्रकारिताको बिकासमा सरकार प्रतिवद्ध छ ।” मन्त्री पौडेलले पत्रकारिता मार्फत म्याग्दीको बिकासका साथै जलबिद्युत, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर र समाधानका उपाय पहिल्याउन भूमिका पत्रकारले निर्बाह गर्नुपर्ने बताउनुभयो । जिल्लामा भएको स्रोतसाधनलाई प्रयोग गरेर आत्मनिर्भर बनाउने अभियानमा सबै लाग्न आग्रह गर्नुभयो ।

बाग्लुङबाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरी क्षेत्रको बिकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । ‘शैक्षिक क्षेत्रको समस्या समाधानमा सरकारले प्राथमिकता दिएको बताउदै विद्यालयको शिक्षा गुणस्तर बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक जिम्मेवार बन्न आग्रह गर्नुभयो ।