छैटौँ जिल्ला सभा : थलिएका विकास आयोजना गति दिन निर्माण ब्यवसायीलाई निर्देशन

  • १५ कार्तिक २०७८, सोमबार
  • 497 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । म्याग्दीमा थलिएका ठुला विकास आयोजनालाई गति दिन निर्माण ब्यवसायी र सम्वन्धीत कार्यालयलाई ताकेता गर्ने छैटौँ जिल्ला सभाले निणर्य गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना भएको जिल्ला सभामा ठुला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण ब्यवसायी र सम्वन्धी कार्यालय ध्यानाकर्षण गराउने निणर्य गरेको हो ।

पटक- पटक म्याद थप गरिएका बेनी- जोमसोम सडकको म्याग्दी खण्ड, बेनी- दरवाङ, रत्नेचौर- बेनी, गलेश्वर- पिप्ले- भगवती सडक, पोखरेबगर- चित्रे सडक, राहुघाट जलविद्युत आयोजना,े बेनी अस्पतालको निर्माणधिन भवन, कालीगण्डकी, रघुगंगा र म्याग्दी नदीमा बन्दै गरेको पुल, खानेपानी आयोजना लगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती हटाउन निर्माण ब्यवसायी र सम्वन्धीत कार्यालयलाई ताकेता गर्ने निणर्य गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।


स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिसस सदस्यहरुको उपस्थितीमा भएको छ्रैठौ जिल्ला सभामा सो निणर्य भएको होे । ‘‘ठुला विकास आयोजनामा भएको ढिलासुस्तीप्रति निर्माण ब्यवसायीले पर्याप्त जनशक्ति, र उपकरण परिचालन नगरेको कारण विकास आयोजना ढिलासुस्ती भएको निष्कर्ष जिल्ला सभाले निष्कर्ष निकालेको छ- उहाँले भन्नुभयो ।
जिससका लागि संघ र प्रदेशबाट प्राप्त बजेट जिल्ला सभाले स्विकृत गरेको छ। दुखुखोला र स्वाँता खोलाको पुलको संरक्षणमा आवश्यक बजेट विनियोजनका लागि सम्वन्धीत मन्त्रालयमा ध्यानाकर्षण गराउने निणर्य समेत सभाले गरेको छ ।

जिल्लामा ठुला विकास आयोजनाहरुलाई समयमै सम्पन्न गराउन स्थानीय तहले समन्वयात्मक भूमिकाबाट अनुगमन, निरिक्षण र सम्वन्धीत निर्माण ब्यवसायीलाई ताकेता गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जोड दिनुभएको थियो ।
सभामा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, अन्नपुणर् गाउँपालिका उपाध्यक्ष केशमाया मगरले तीन तहको सरकार मिलेर बाढी पहिरो पीडितको घर पुर्ननिर्माण समयमा नहुनुमा आलोचना बढेको धारणा राख्नुभएको थियो ।

प्रजिअ चिरञ्जिवी रानाले जिल्लाको शान्ति सुरक्षा, कोभिड नियन्त्रण र मेलापर्वलाई ब्यवस्थित गराउनमा प्रशासनसंगै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बनेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । जिसस प्रमुख केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत, समन्वय अधिकारी जानुका सुवेदीको एजेण्डा प्रस्तुत रहेको कार्यक्रमको सञ्चालन अधिकृत शालिग्राम पौडेलले गर्नुभएको थियो ।