पत्रकार खत्री ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मानित

  • १६ कार्तिक २०७८, मंगलवार
  • 1049 पटक पढिएको

 

म्याग्दी १६ कात्तिक । पत्रकार धिरन खत्रीलाई  ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई  सम्मान गरिएको हो ।

शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली, सेन्टर अध्यक्ष कमल खत्री लगायतले नगद सात हजार रुपैयाँसहित  सम्मान पत्रले सम्मान गरेका थिए ।

पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, समृद्ध साप्ताहिक, म्याग्दी अनलाइन र कोरला पोष्ट अनलाइनसँग आवद्ध छन् । सेन्टरले बि.स. २०७१ मा द्धन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु. एक लाखको कोष स्थापना गरेको थियो । भिमदत्त चलचित्रको बिशेष प्रर्दशनीबाट स्थापना भएको कोषमा गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका सहिद मदन केसीका भाइ बिनोद केसीले पनि सहयोग गरेका थिए ।

सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताए । समग्र बिकास र शुसासनका लागि पत्रकारिता क्षेत्र बलियो हुुनुपर्ने धारणा राखे । सो चौथो अधिवेशनबाट कमल खत्रीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्वाचित गरिएको छ ।