राखूमा भएका पुरातात्विक, ऐतिहासिक संरचना : मानवशास्त्र तथा समाजशास्त्रिय अध्ययन र पर्यटकिय संभावना
- १७ कार्तिक २०७८, बुधबार
- 2081 पटक पढिएको
दलिपकुमार मल्ल (पिएचडि)
म्याग्दी पिप्ले ७, हाल रघुगंगा गाँउपालिका वडा नं ३
सामाजिक मनोवैज्ञानिक अध्ययन अनुसन्धानकर्ता
परिचय
यस राखूमा रहेका विभिन्न ऐतिहासिक स्थलहरुले के जनाउदछ भने यहाँ विभिन्न काल देखी बिभिन्न राजाहरुले राज्य गरेका थिए भन्ने कुराको पुष्टि गर्दछ जहाँ गाँउका निकै माथिका टाकुराहरु जसमध्ये थापाकोट,रामकोट, रुइसे डढेकोट, भर्लकोट हाल राखू भगवतिकोट जसको पनि आ–आफ्नै इतिहास छ। रुइसेमा “रैसे” दरवारको भग्नावशेष, हात्तिबान्ने गह्रो,हात्तिबान्ने गह्रोको विचमा राजाको रौतेलो गाडेको ,धान कुट्ने ओखल ,राजा सुत्ने बिछ्छ्याउनी ढुङ्गा, राजाको चौतारो,राजको पँधेरो अझै पनि यथावत छ । रुइसेको राजदरबारमा खानेपानी को ब्यवस्थाको लागी दरबारदेखी तिवाङ्ग, जाखुरपानी, ओख्लेपानी राजाको ओखल ,हिरापानी जँहा पानीको मुहान सम्म पानी लिने बाटो अझै यथावत छ । यसरी रुइसे दरवार देखी पश्चिम किल्ला जाने बाटोमा डाडै डाँडा बाटो बनाई थाममा आफ्ना शैनिक किल्ला, हातजोर्ने , ताराखसेको डिल सवै स्थान अझै पनि यथावत देख्न सकिन्छ साथै १८६३ मा माइली महारानी सुर्वण प्रभाले मुक्तिनाथ जाने तिर्थ यात्री तथा जोगी सन्यासी हरुलाई संरक्षण गर्न स्थापना गरेको राखूमुक्तिनाथ सर्दावर्त गुठी र वोगटी पौवा सर्दावर्त गुठी हरुका भग्नावशेष अझै देख्न सकिन्छ जसकारण पनि यस ठाँउमा भएका यी ऐतिहाँसिक चिजलाई अझ अध्ययन अनुसन्धान गर्नु आवश्यकता छ ।
राखू एक पौराणिक इतिहास भएको ठाँउ र राखुको नाम पनि हो त्यो सँग सँगै यहाँ यस्तो साहसिक पर्यटकिय पैदल मार्ग बनाउन सकिने ठाँउ हो जहाँ आर्थिक समस्या पनि छैन र आर्थिक लागत पनि धेरै कममा बनाउन सकिन्छ । यो केवल जनश्रमदानबाट पनि बन्न सक्ने पदमार्गहरु हुन । हाल आएर रघुगंगा गाऊपालिकाको केन्द राखू मौवाफाटमा बनेको छ । यसको सानो पहलबाट पनि यो तत्काल बन्ने संभावना बोकेको पदमार्ग हो । यसलाई परिचालन गर्न सकेको खण्डमा यसले यो समाजमा आर्थिक सामाजिक रुपान्तर गर्ने छ।
माता बस्ने गुफा
रघुगंगा गाऊपालिका मौवाफाटबाट हालै मात्र बनेको मौवाफाट देखी कलेजावाङ्गको चुत्रेन सम्म गोरेटो बाटो बनाई सकिएको छ । त्यहाँ बाट पश्चिमतिर तल्लो थाम जाने बाटोमा भगतिनी (माता) बसेको ओडार छ । जसलाई हामी भग्तीनी बस्ने ओडार भनिन्छ । यो लेखकले देखेको वा अवलोकन गरेको तथा त्यहाँको वासिन्दाको भनाई अनुसार यो क्षेत्रको वा पदमार्गको वर्णन गरिएको छ । त्यहाँ एक सम्म परेको ढुङ्गा छ त्यो नै त्यो घरको छानो वा छत बनेको छ । त्यही घर वा ओडार भित्र मानिस छिर्ने सक्ने सानो ढोका वा प्वाल जस्तो छ । भित्र छिरी सकेपछि त्यहाँ ति भगतिनी माताले बनाएर आफु बस्ने ठाँउ, सुत्ने ठाँउ, पकाउने ठाँउ एक व्यवस्थित रुपमा छ तर यो छोडेको धेरै बर्ष भैसकेकोले यसको संरक्षण गर्न सकेका खण्डमा त्यो ठाँउमा पनि मानिस बसेको रहेछ र मानिस कसरी पनि बस्दा रहेछन भन्ने कुरा एक मानवशास्त्रिय तथा समाजशास्त्रिय दृष्टिकोणबाट अध्ययन अनुसन्धान गर्नको लागि तथा मासिन यसरी पनि बसेका थिए भनि पर्यटनको लागि पनि उपयुक्त हुन सक्छ ।
थामको किल्ला
त्यहाँबाट पश्चिम उत्तर तिर पहाडतको तलेत्रो हुँदै गएपछि तल्लो थामको डिल आउँदछ । त्यही ठाँउमा भुरे टाकुरे राजाहरुको पालामा बनाएको सिपाही बस्ने गढि छ तर आजकल त्यो भत्केर भग्नावशेष मात्र बनेको छ । त्यसलाई संरक्षण गरेका खण्डमा एक ऐतिहासिक मान्यता दिन सक्नेछ । जब त्यो सिपाहीको गडि छ जहाँ बाट बाईसे चौविसे राजा वा त्यो भन्दा पहिलाको भुरे टाकुरे राजाहरुको आफ्नो किल्लाका सिमानाको सुरक्षा गर्दथे । त्यो पनि एक पुरातत्वाविक हिसावले र मानवशास्त्रिया हिसावले महत्व छ जसको संरक्षण्को आवश्यकता छ ।
गोरुजुरे भिर
त्यो किल्ला लाई तल्लो थाम भनिन्छ त्यो थामबाट उत्तर तिर ढुङ्गै ढुङ्गाको पत्रे चट्टान बाट बनेको बाटो र त्यो डाँडैडाँडा हिडँदै गोरुजुरे भिरमा गोरुको जुर जस्तो भएको ठाँउमा पुग्नको लागि अतिनै सुन्दर र मनोरम स्थल हुँदै त्यहा पुगिन्छ । गोरुको जस्तो जुरो भएकोले त्यसको नामाकारण पनि गोरुजुरे भिर भनिएको छ । त्यसको भाथि लगभग १५, २० जना अटाउने समथर ठाँउ छ र त्यसको देव्रेबाट सानो अखेटे अखेटे बाटो हुँदै माथि जाने र त्यहाँ को मनारम दृश्यले आन्तिरक तथा बाह्या पर्यटक लोभिने ठाँउ बनेको छ तर त्यो जुरोमा जानको लागि केही मात्राबाटको संरक्षण र माथि सम्मो भएको ठाँउमा तार बार वा ढलान बार लगाउने हो भने १५,२० जना मानिस बसेर केही समय भरपुर मनोरञ्जन लिन सक्ने अवस्था सृर्जना गरि पर्यटक रमाउन सक्तदछन ।
त्यहाँको केही रमझमपछि पर्यटकहरु त्यो समथर ठाँउमा बसेर त्यो चिसो ठाँउमा चियापानको खाजानास्ताको व्यवस्था गरेको खण्डमा आर्थिक सामाजिक रुपमा पनि रोजगार सृर्जनागर्न सकिन्छ ।
घाटीखर्क
गोरुजुरे भिरबाट उत्तर तिर डाँडै डाँडो मानिस हिडने बाटो नै हामी घाटीखर्क पुगिन्छ । यसलाई पनि सामाजिक भाषामा घाटि जस्तो र त्यहाँ खर्क चौरु भएर त्यसको नाम घाटीखर्क राखिएको हो । यो पनि नामाकरणको आधारमा र राखू बेनी सदमुकामको सुन्दरता देख्नलाई लालयित बनाउँदछ ।
थोत्रो भिर
या भन्दा केही माथि उक्लिएको खण्डमा पर्यटक थोत्रोभिर तिर जाने बाटो छ यो आफैमा एडभेन्चर बाटो छ त्यसमा झन थोत्रो भिरमा उल्कने बाटो आफैमा एक भयानक रुपमको छ । जहाँ घाँसेहरु भारि बोकेर पनि ओर्लन सक्तदछन तर त्यसलाई हामी थोरै लगानिमा फलामको भर्याङ्ग राखीदिने हो भने हामी सजिलै थोत्रो भिरमा उल्कन सक्तदछौ त्यसको आफ्नै महत्व र मनोरम छ । त्यहाँबाट सिधा उत्तर तथा बनको बाटो पार गर्न सकेको खण्डमा हामी हामी उपल्लो अधेरी मेलाको चुचुरोमा पुग्न सक्तदछौ । त्यहाँ पनि भुरे राजाको पालामा शैनिक बस्ने गढि बनाएको भग्नावशेष छ त्यसलाई पनि संरक्षणको आवश्यकता छ ।
हातजोर्ने
त्यसपछि अझ उत्तर तिर गएपछि सम्म परेको तरेली फाँट सँगै हामी हातजोर्ने ठाँउमा पुग्न सकिन्छ । त्यसको इतिहास चाही तात्कालिन समयमा दुई ठाँउ वा दुई राज्य विचको झगडामा दुई पक्षिय विच सम्झौता गर्दा दुई ढुङ्गा गाडेर सम्झौता गरिएको थियो रे जसकारण त्यो क्षेत्रलाई हात जोर्ने भन्ने गरिन्छ ।
भेडीओढार
अव यसको अवलोकन गरिसकेपछि पर्यटक त्यहाँबाट हिडदै भेडी ओडार पुग्दछन र त्यहाँ भेडा पाल्ने गोठालाहरुको बसाई सँगै त्यो ओडार माथि भिउ टावर बनाउन सकेको खण्डमा त्यसले पर्यटकलाई भरपुर मनोरम दिन सक्नेछ । त्यसको अवलोकन गरिसकेपछि तारा खसेको ठाँउ नजिकको डिलमा भिउ टावर बनाइएको छ । त्यहा भर्खर केही सामान्य होटल खुलका छन भने अरु अझै नयाँ होटेल खुल्ने क्रम जारी छ
तर अझै पनि व्यवसायिक हिसावले लज होटल बनेको छैन । यो बनाउनु पर्ने आवश्यकता छ । यसको अवलोकन गरे पछि एकरात पर्यटकलाई बस्ने वातावरण बन्न सक्तछन ।
रुइसे दरबार तथा ऐतिहासक स्थान
पुरात्विक तथा ऐतिहासिक हिसावले थापाकोट, सुत्केरीले गाँडेको ढुङ्गा राजाको चौतारो, राजाको विसौनी, राजाको पँधेरो, जाखुरपानी, नौलिबराह, खान्दुला, देउराली, राजाको दरवार, हात्तिबान्ने गरो, राजाको रौतेले गाँडेको ठाँउ, रामकोट, सतिफराल्ने भिर, लाटि बस्ने ओडार वा राजाको पानि लिदाँ हिडने बाटो हुँदै कलेजाबाङसम्म पैदल मार्ग बनाउन सकिन्छ । जसलाई यहाँ पनि भएको बाटोलाई केही मात्रामा भएपनि मर्मत गर्ने र त्यहाँबाट मोवाफाँट सम्म पदैल पहिले नै बनि सकेको छ यसलाई केवल अलिअलि मर्मत सम्भार गरे मात्र पुग्दछ । अर्को बाटो भिउटावरबाट गाडिको व्यव्सथा गरि थापाकोट, सुत्केरीले गाँडेको ढुङ्गा राजाको चौतारो, राजाको विसौनी, राजाको पँधेरो, जाखुरपानी, नौलिबराह, खान्दुला, देउराली, राजाको दरवार, हात्तिबान्ने गरो, राजाको रौतेले गाँडेको ठाँउ हुँदै सिजालगाँउ, धुवीचौर, डढेकोट, खड्कामारे, वेगको पुल, भगवति मन्दिर, मालिकामन्दिर, कमलजैशी मन्दिर, पिप्लेको मन्दिर, ऐतिहासिक धार्मीक, साँस्कृतिक ठाँउ रानीपौवा, वोगटीपौवा, सतिपोखरीमा र गलेश्वरबाबा को भ्रमण गराइ पर्यटकिय मार्ग बनाउन सकिन्छ ।
निष्कर्ष
यो व्यवस्था कलेजाबाङ्गबाट गाडीको व्यवस्था गरि पर्यटकलाई, सिजलगाँउ, डढेकोट, खड्कामारे हुँदै वेगको पुल पछि राखूभगवति मन्दिर , मालिकामन्दिर, कमलजैशी मन्दिर, पिप्लेको मन्दिर, ऐतिहासिक धार्मीक, साँस्कृतिक ठाँउ रानीपौवा, वोगटीपौवा, सतिपोखरीमा र गलेश्वरबाबा को भ्रमण गराउन पनि सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई भ्युटावर देखि लामभित्ता बन र गोरमाला चौर सम्म पैदल यात्रा बनाउन सकेको खण्डमा यो मार्ग मानिस हिडेर झर्ने र उक्लने बाटो यति छोटो हुन्छ कि जहाँ साधनको प्रयोग भन्दा पनि हिड्ेर छोटो समयमा पुग्न सकिन्छ । अहिले साधन नै प्रयोग गरेको खण्डमा गोरमाला सम्म त गाडिमा नै पुगिन्छ त्यहाँबाट पैदलबाटोे लामभित्तामाको भिरमा पुगेपछि त्यहाँ पुरानो बाटो छ त्यो आफैमा एडभेन्चर छ तर त्यहाँ सुरक्षाको लागि सानो फलामे भरयाङ बनाएको खण्डमा मानिसलाई चढन धेरै सजिलो हुन्छ त्यहाँबाट माथि गएको खण्डमा आफै एक छोटो दुरीको बाटो बन्नेछ जहाँ भिउटावर देखि प्रन्ध विस मिनेटमा गोरमाला झर्न सक्तदछन । यसरी राज्यले नयाँ योजनमा यो पदमार्ग तय गर्न सकेको खण्डमा आर्थिक तथा समाजिक रुपमा त्यो क्षेत्रको परिवर्तत गर्न सक्नेछ भने एक अध्ययन कर्ताको लागि पनि नयाँ मार्ग बन्दै यो क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा एक ऐतिहासिक स्थल भनेर चर्चा हुनेछ ।