ताजा अपडेट

बालगृहमा म्याग्दी जेसीजद्धारा खाद्यान्न र शैक्षिक सामाग्री विरतण

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले बालगृहमा रहेका बालबालिकाहरुको लागि शैक्षिक र खाद्यान्न सामाग्री सहयोग गरेको छ । बालगृहमा रहेका बालबालिकाहरुको सहयोगार्थ जेसीजकर्मीहरुबाट सहयोग जुटाएर सहयोग हस्तान्तरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष घर्ति क्षत्रीकोे अध्यक्षता,... पुरा पढ्नुहोस

जिल्लाको सेवा लिन अर्को जिल्लामा होइन, पालिकामै कार्यक्रम र बजेट पठाउन माग

म्याग्दी , २६ साउन । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि सदरमुकाम बेनीमा सुरु भएको बार्षिक समिक्षा एवं असल अभ्यासहरुको आदान प्रदान कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज... पुरा पढ्नुहोस

सीपयुक्त जनशक्ति अभावले प्रयोग हुन छाड्यो भेडाको ऊन

दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । 'न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो,' उनले भने, 'सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो... पुरा पढ्नुहोस

सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा

पोखरा, २२ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ ।  पहिलो दिन करिब एक सय ५०... पुरा पढ्नुहोस

म्याग्दी खोलामा हाम फालेकी पोककी इन्द्रकली वि.कको अवस्था अज्ञात

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पोककी ३८ बर्षिय इन्द्रकली वि.क. खोलामा हाम फालेर वेपत्ता हुनुभएको छ । मंगलवार दिउँसो साढे ३ बजेदेखि ४ बजेसम्मको समयमा पोक स्थित म्याग्दी नदीमा हाम फालेको पुष्टि भएपनि खोलामा खोजी गर्दा अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको उहाँका भतिजा अमृत सुनारले जानकारी दिनुभयो । घरबाट निस्कीएपछि खोला... पुरा पढ्नुहोस

धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)

म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा... पुरा पढ्नुहोस

गुर्जाखानी केन्द्र भएर भूकम्प गयो, स्वास्थ्य चौकीको भवन चर्कियो

म्याग्दी, २० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो भूकम्प गएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो ।... पुरा पढ्नुहोस

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी,  साउन २० गते ।  म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष... पुरा पढ्नुहोस

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए ।... पुरा पढ्नुहोस