बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २९ श्रावण २०८२, बुधबार
  • 625 पटक पढिएको

म्याग्दी , २८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ मा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दुर्घटनामा परेर जीपका चालक चन्द्र पुन, जीपमा सवार यात्रु सृजना घर्ति, भविराज फगामी घाइते हुनुभएको छ । घाइतेहरुको दरबाङ आधारभूत अस्पतालमा उपचार भैरहेको छ। मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि रुन्म जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर करिब ४० मटिर तल खस्दा दुर्घटना भएको हो ।