बालगृहमा म्याग्दी जेसीजद्धारा खाद्यान्न र शैक्षिक सामाग्री विरतण

  • २९ श्रावण २०८२, बुधबार
  • 71 पटक पढिएको

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले बालगृहमा रहेका बालबालिकाहरुको लागि शैक्षिक र खाद्यान्न सामाग्री सहयोग गरेको छ । बालगृहमा रहेका बालबालिकाहरुको सहयोगार्थ जेसीजकर्मीहरुबाट सहयोग जुटाएर सहयोग हस्तान्तरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रम म्याग्दी जेसिजका शाखा अध्यक्ष घर्ति क्षत्रीकोे अध्यक्षता, म्याग्दी जेसिजका पुर्व अध्यक्षुमन बानियाँ को प्रमुख आतिथ्यता, कार्यकारिणी उपाध्यक्ष सुनिता श्रेष्ठको स्वागत, प्रस्तावित सदस्य लालि फगामीको आस्थापाठ बाचन रहेको कार्यक्रम को संचालन म्याग्दी जेसिजका कार्यकारीणि उपाध्यक्ष तथा कार्यक्रम संयोजक डेक माया केसिको रहेको थियो।